Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

इच्छाकामना वल्र्याङ्गका विद्यार्थीलाई तमू धीं युके आमा समूहद्वारा न्यानो कपडा र आर्थिक सहयोग

इच्छाकामना वल्र्याङ्गका विद्यार्थीलाई तमू धीं युके आमा समूहद्वारा न्यानो कपडा र आर्थिक सहयोग

images

इच्छाकामना न्युज

१७, माघ २०७९
इच्छाकामना वल्र्याङ्गका विद्यार्थीलाई तमू धीं युके आमा समूहद्वारा न्यानो कपडा र आर्थिक सहयोग
images

काउले । चितवनको इच्छाकामना गाउँपालिका २ वल्र्याङ्गमा अवस्थित राष्ट्रिय आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको लागि तमू धीं युकेको आमा समूहले न्यानो कपडा र नगद आर्थिक सहयोग गरेको छ । सोमबार विद्यालयमा नै पुगेर आमा समूहले सहयोग गरेको हो ।

4.jpg

युकेबाट समुहका अध्यक्ष सन्ध्या गुरुङको नेतृत्वमा आएको टोलीले उक्त विद्यालयको होस्टेलमा बसी अध्ययनरत २४ जना अनाथ बालबालिकाको लागि ओढ्ने कम्मलका साथै विद्यालयमा अध्ययनरत सबै १०९ जना विद्यार्थीको लागि ट्रयाकसुट वितरण गरेको गरेको हो। 

3.jpg

संस्थाले सहयोग वितरण कार्यक्रममा विद्यालयको शैक्षिक उन्नतीको निम्ति १ लाख ५० हजार रुपैयाँ नगद आर्थिक सहयोग समेत गरेको थियो । उक्त सहयोग कार्यक्रम चर्चित गुरुङ भाषाको कार्यक्रम ‘तमू मै ता’ को न्यानो ल्होसार अभियान अन्तर्गत संचालन गरिएको अभियानका संयोजक युग बहादुर गुरुङले जानकारी दिए । 

6.jpg

इच्छाकामना गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा तमू धीं युके आमा समूहका अध्यक्ष सन्ध्या गुरुङ, निवर्तमान महासचिव यसोदा गुरुङ, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगत प्रसाद भुषाल लगायत विभिन्न व्यक्तित्व शिक्षक, विद्यार्थी, अभिभावकहरुको उपस्थिति रहेको थियो । 

images
प्रकाशित मिति :माघ १७, २०७९ मंगलवार - १०:२१:२९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology