Logo

सोमवार, श्रावण ११ गते २०८३

images
२०८३, श्रावण ११ गते
images

लठ्ठिने औषधि खुवाएर सार्वजनिक बसमा किशोरीको सामूहिक बलात्कार, दुई जना पक्राउ

लठ्ठिने औषधि खुवाएर सार्वजनिक बसमा किशोरीको सामूहिक बलात्कार, दुई जना पक्राउ

इच्छाकामना न्युज

१८, आश्विन २०७७
लठ्ठिने औषधि खुवाएर सार्वजनिक बसमा किशोरीको सामूहिक बलात्कार, दुई जना पक्राउ

भक्तपुर– लठ्ठिने औषधि खुवाएर १७ वर्षीया किशोरीको सामूहिक बलात्कार भएको छ। भक्तपुर नगरपालिका ८ मा शुक्रबार सार्वजनिक सवारी साधन भित्र किशोरीको बलात्कार भएको हो।बा ३ ख २६१२ नम्बरको बसमा लठ्ठिने औषधि खुवाएर बलात्कार गरेको आरोपमा उक्त बसका चालक र सह–चालक पक्राउ परेका छन्।
गाडी चालक भक्तपुर सूर्यविनायक नगरपालिका–१० का २२ वर्षीय निरकुरमार खड्का र सिन्धुपाल्चोकको जुगल गाउँपालिका ४ घर भइ भक्तपुर बस्ने सह–चालक २१ वर्षीय सूर्य श्रेष्ठ पक्राउ परेको महानगरीय प्रहरी परिसर भक्तपुरका डीएसपी केशव थेबेकाले जानकारी दिनुभयो।
अर्को एकजना भने फरार छन्। उनको खोजी भइरहेको डीएसपी थेबेले जानकारी दिए। प्रहरी अनुसन्धानबाट शनिबार बिहान ११ बजेदेखि बेलुका ९ बजेसम्म बसभित्र युवतीको बलात्कार भएको थियो।
डीएसपी थेबेका अनुसार फरार युवकले किशोरीलाई रत्नपार्कमा भेटेर लठ्ठिने औषधी खुवाएर सुरुमा शुक्रबार जबरजस्ती गरेको खुलेको छ। उनले जबरजस्ती गरेपछि उनका साथीको जिम्मा लगाएको प्रहरीले बताएको छ।
शनिबार बसभित्र घटना भएको देखेपछि अन्य चालक र सहचालकले प्रहरीलाई खबर गरेका थिए। घटनाबारे शनिबार राति १०ः३० बजे प्रहरीले थाहा पाएको थियो। थाहा पाए लगत्तै प्रहरीले दुई जनालाई पक्राउ गरेको हो। उनीहरुलाई अहिले महानगरीय प्रहरी वृत्त जगातीमा राखिएको छ।

images

किशोरीको स्वास्थ्य परीक्षण भइसकेको र किशोरीको परिवारसँग भने सम्पर्क हुन नसकेको प्रहरीले जनाएको छ।

images
प्रकाशित मिति :आश्विन १८, २०७७ आइतवार - १८:५३:३५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology