सिमढाप । चितवनको इच्छाकामना गाउँपालिका ७ स्थित गर्दासमा प्रथम वडाध्यक्षकप फुटबल प्रतियोगिता संचालन हुने भएको छ । लगनशील युवा क्लव गर्दासको आयोजनामा यहि माघ २३ गतेदेखि पहिलो पटक प्रतियोगिता संचालन हुन लागेको हो ।
प्रतियोगितामा विजेता हुने टिमले नगद ३० हजार ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेताले समेत नगद २० हजार ट्रफी, मेडल र प्रमाणपत्र पाउने क्लवका अध्यक्ष प्रकाश गुरुङले जानकारी दिए ।
साथै प्रतियोगितामा उत्कृष्ट खेलाडी, गोलकिपर र सर्वाधिक गोलकर्तालाई पनि पुरस्कारको व्यवस्था गरिएको उनले बताए ।
