Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

आँबुखैरेनी अस्पताल संचालनको २ महिना पुरा, ४ हजार बढिले लिए सेवा

आँबुखैरेनी अस्पताल संचालनको २ महिना पुरा, ४ हजार बढिले लिए सेवा

इच्छाकामना न्युज

१३, माघ २०७९
आँबुखैरेनी अस्पताल संचालनको २ महिना पुरा, ४ हजार बढिले लिए सेवा

आँबुखैरेनी । तनहुँको आँबुखैरेनी गाउँपालिकाले संचालनमा ल्याएको आँबुखैरेनी अस्पतालले सेवा सुरु गरेको २ महिना पुरा भएको छ । अस्पतालले सेवा सुरु गरेको यो २ महिनाको अवधिमा करिब ४ हजार भन्दा बढि नागरिकले सेवा लिएको पाईएको छ ।

images

यहि मंसिर १ गते देखि औपचारिक रुपमा स्वास्थ्य सेवा सुरु गरेको अस्पतालबाट पुस मसान्त सम्ममा ४ हजार २ सय ३० जना बिरामीले सेवा लिएको अस्पताल प्रशासनले जानकारी दिएको छ । 

यस अवधिमा ३५० जनाले एक्स–रे सेवा, ४१६ जनाले युएसजी सेवा, ८७१ जनाले ल्याव सेवा, २३ जनाले खोप सेवा, ३०० जनाले इसिजी सेवाका साथै ११०० जनाले इमर्जेन्सी सेवा लिएको आँबुखैरेनी अस्पतालका प्रशासन प्रमुख महेश कुमार शाहले बताए । साथै पछिल्लो समय सेवा लिने सेवाग्राही दैनिक बढ्दै गएको उनले बताए । 

अस्पतालमा एमडिजिपी डा. डिबि क्षेत्री, मेडिकल अधिकृत डा. अबिनाश रौनियार र डा. हरि सेढाईको टिमले स्वास्थ्य सेवा दिईरहेको छ । यतिबेला अस्पतालमा विशेष गरेर मौसमी रोगका बिरामीहरु र दीर्घरोगीहरुले स्वास्थ्य सेवा लिन आउने गरेको अस्पतालका एमडिजिपी डा. डिबि क्षेत्रीले जानकारी दिए ।

आँबुखैरेनी अस्पतालमा हाल बहिरंग सेवाका साथै २४ सैं घण्टा इमर्जेन्सी सेवा, एक्स–रे, इसीजी, फार्मेसी, ल्याव लगायतका सेवाहरु संचालनमा छन् । विस्तारै आवश्यकता अनुसार सेवाहरु थप्दै लैजाने अध्यक्ष शुक्र चुमानले बताए ।

आँबुखैरेनी अस्पताल १५ बेडको अस्पताल हो । 

images
प्रकाशित मिति :माघ १३, २०७९ शुक्रवार - ०९:५०:०९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology