Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

स्वास्थ्यमन्त्री पदम गिरीलाई आँबुखैरेनी अस्पतालका डाक्टर डि.बि. क्षेत्रीले दिए १३ बुदेँ सुझाव

स्वास्थ्यमन्त्री पदम गिरीलाई आँबुखैरेनी अस्पतालका डाक्टर डि.बि. क्षेत्रीले दिए १३ बुदेँ सुझाव

इच्छाकामना न्युज

१३, माघ २०७९
स्वास्थ्यमन्त्री पदम गिरीलाई आँबुखैरेनी अस्पतालका डाक्टर डि.बि. क्षेत्रीले दिए १३ बुदेँ सुझाव

आँबुखैरेनी। आँबुखैरेनीअस्पतालका डाक्टर डिबी क्षेत्रीले स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीलाई १३ बुँदे सुझाव दिएका छन् । पर्वत घर भई हाल आँबुखैरेनी अस्पतालमा कार्यरत क्षेत्रीले मन्त्री भएकामा गिरीलाई बधाई दिँदै १३ बुँदे सुझाव दिएका छन् ।

images

उनले भनेका छन्, ‘विगतका सबै स्वास्थ्यमन्त्री आसन्न निर्वाचनमा पराजित भएकोले यो मन्त्रालय सबैभन्दा धेरै जनअपेक्षित मन्त्रालय हो र राम्रो डेलिभर गर्न सकिएन भने अहिलेसम्म प्राप्त गरेको राजनीतिक उचाई यही पदसँगै अन्त्य हुनसक्ने जोखिम भएको साथै सफल हुँदा राष्ट्रिय राजनीतिमा अग्लो कद बन्न सक्ने हुनाले एक जिल्लावासी चिकित्सकको नाताले सुझाव दिने जमर्को गरेको छु ।’

यस्तो छ क्षेत्रीको सुझाव

१) स्वास्थ क्रय विकृय गर्ने वस्तु होइन। जति व्यवसायीकरण गरिन्छ त्यतिनै यसले समग्र स्वास्थ प्रणालीमा ठूलो आँच आउँछ। राज्यद्धारा लगानी गरिएको स्वास्थ प्रणालीनै सबैभन्दा उत्तम स्वास्थ प्रणाली हो।

२) अहिलेका अस्पताल भौतिक रूपमा सम्पन्न हुँदैछन् तर मानव संसाधनका हिसाबले वैज्ञानिक छैनन्। कहीं नजिक दूरीमा धेरै अस्पताल र कहिँ टाढा टाढा सम्म पनि अस्पतालको सेवा पाइँदैन। भौगोलिक र जनसंखिक हिसाबले देशैभरि उपयूक्त स्थान छनोट गरी कुन तहको अस्पताल कुन ठाउँमा बनाउने भनी वैज्ञानिक र भौगोलिक प्रक्षेपण गर्ने र त्यही अनुसार सुधार गर्ने।

३) नेपाल को स्वास्थ्य प्रणाली ध्वस्त भएकोनै राम्रो प्रेषण प्रणाली (referal system) नभएर हो। म बिरामी हुँदा कस्तो स्वास्थ्कर्मी र चिकित्सक भेट्ने भन्ने कुनै प्रणालि र ज्ञान नहुनुनै हो। कुनै प्रेषण बिना टाउको दुख्दा न्यूरोफिजिसियन र पेट दुख्दा gastoenterologist भेट्ने थालियो भने यो देशको स्वस्थ प्रणाली कहिलै ठीक हुँदैन। बिरामी हुँदा पहिले हेल्थ पोष्ट हुँदै रेफेरल लिएर अस्पातल सम्म जाने प्रणाली मजबुद गरियो भने यो देशको आधा स्वस्थ सेवाका समस्या आफै हल हुन्छ।

४) हेल्थ पोष्ट स्वास्थ्यकर्मीले भरिभराउ छन तर प्राप्त तालिम र दक्षता छैन। पाँच जना स्वासथ्यकर्मीले त्यतिनै संख्या मा बिरामी हेर्ने पनि संस्था छन्। बिरामी सिधै अस्पाताल जाँदा अस्पातलमा अनावश्वक चाप छ। हेल्थ पोष्ट ले आकस्मिक स्वास्थ्य सेवा दिन सक्ने दक्षता राख्यो भने धेरै बिरामी को सेवा त्यहीं सम्भव हुन्छ।

५) प्रत्येक हेल्थपोस्टमा मेडिकल अफिसर सहितको टीम, प्रत्यक आधारभूत र जिल्ला अस्पतलमा २ जना MDGP सहितको शल्यक्रिया टीम, प्रत्यक साविक अञ्चल अस्पताल वा secondary अस्पतालमा बहु विशेषज्ञ सहितको टीम र प्रत्यक प्रदेशमा विसिष्ठकृत अस्पाताल बनाउनु पर्छ।

६) पर्याप्त चिकित्सकको लोकसेवा नखुलेको वर्षौं भयो र लोकसेवाका चिकित्सकले बिरामी हेरी सेवा दिन्छन् भन्ने पनि ग्यारेन्टी छैन। यसमा चिकित्सक लाई काम र क्षमताका आधारमा स्थायी गर्दै परफर्मेन्स based inventive दिने ढाँचा ल्याउन सके बल्ल प्रतिफल प्राप्त हुनसक्छ।

७)विभिन्न अस्पतालमा मेडिकल डिरेक्टर पद सिर्जना गरी खुलाप्रतिस्पर्धबाट सबैभन्दा क्षमतावान व्यक्ति कम्तीमा ५ बर्ष कार्यकाल हुनेगरी नियुक्ति गर्न सके हालका अस्पताल सुधार हुनसक्छन्।

८) स्वास्थ्य बीमा कार्यक्रम राम्राे भएपनि यस लाई व्यवस्थित गर्नुपर्ने जरूरत देखिन्छ। सिधै referal माग्ने, अनावश्यक परीक्षण गर्ने, अनावश्यक औषधि prescribe गर्ने चलन छ। यसको premium कम गरी प्रत्यक परीक्षण र prescription मा ५ वा १० प्रतिशत अतिरिक्त शूल्क राख्दा व्यवस्थित हुनसक्छ।

९) चिकित्सा शिक्षा अत्यधिक महंगो भो। यसको विकास र विस्तार कर्पोरेट अस्पातल लाई हेरेर गर्न थालियो। DM/MCH गरेका विशिष्टकृति चिकित्सक धेरै र MD जनेराल प्राक्टिस र जनेरल फिजिसियन कम हुन थाले। यो अनुपात मिलाउन नीतिगत सुधार गरिएन भने चाहिने जनशक्ति अपुग र नचाइने जनशक्ति बढी हुनेछ। यसलाई छिटो भन्दा छिटो सुधार्न पर्ने देखिन्छ।

१०) खरीद एन संसोधन गरि औषधी र औषधि जन्य वस्तुको खरीद सहजीकरण गर्नुपर्ने देखिन्छ। बरु वार्षिक राष्ट्रिय दरभाउपत्र तयार गर्ने र स्वास्थ संस्थाले आवश्यकता अनुसार सिधै खरीद गर्न सक्ने अधिकार दिनुपर्छ। अनावश्यक गुणस्तरहीन औषधी खरीद र डम्पिङ बन्द हुन सक्छ।

११) स्वास्थ मन्त्रालय वरिपरि विभिन्न बिचौलिया र स्वार्थ का झुण्ड हुन्छन्। बच्ने कोसिस गर्नुहोला।

१२) सरुवा, बढुवा, पदाधिकारी नियुक्ति अत्यन्तै भ्रष्टीकरण छ। नियमसंगत गर्नुभो भने धेरै अस्पाताल र प्रतिष्ठान जोगिन सक्छन्।

१३) रोग लाग्न नदिन आयूर्वेद सबैभन्दा उत्तम बिद्या हो। यसको विकास र विस्तारको लागि प्राप्त विश्वविद्यालय खोल्ने र जनशक्ति उत्पादन गर्ने नीतिनियम बनाउनुहोला।

images
प्रकाशित मिति :माघ १३, २०७९ शुक्रवार - ०९:०३:४६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology