Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

इच्छाकामना गाउँपालिका र हेफर संस्थाको सहकार्यमा ३ दिने आधारशिला तालिम सम्पन्न

इच्छाकामना गाउँपालिका र हेफर संस्थाको सहकार्यमा ३ दिने आधारशिला तालिम सम्पन्न

images

इच्छाकामना न्युज

११, माघ २०७९
इच्छाकामना गाउँपालिका र हेफर संस्थाको सहकार्यमा ३ दिने आधारशिला तालिम सम्पन्न
images

कुरिनटार । चितवनको इच्छाकामना गाउँपालिका र हेफर प्रोजेक्टको सहकार्यमा ३ दिने आधारशिला तालिम सम्पन्न भएको छ । आर्थिक समृद्धिका लागि साझेदारी कार्यक्रम अन्तर्गत सिद्धार्थ रिसोर्ट चुम्लिङटारमा सोमबारदेखि सुरु भएको तालिम आज सम्पन्न भएको हो । 

324533450_919461126162910_3495431448064921530_n.jpg

गाउँपालिकासँगको सहकार्यमा हेफर प्रोजेक्टले लामो समयदेखि गाउँपालिकामा कृषि तथा पशु सम्बन्धि उद्यमशील परियोजनामा काम गरिरहेको छ । सोही परियोजनासँग सम्बन्धित रही कृषि तथा पशु उद्यमशिलता विकाश परियोजना अन्तर्गत परियोजना अनुगमन तथा समन्वय समितिका लागि आधारशिला तालिम दिईएको हो । तालिमको सहजिकरण हेफर प्रोजेक्टले गरेको थियो भने साँझेदारी संस्थाको रुपमा दियालो परिवार नारायणग थियो । साथै गाउँपालिका र प्रोजेक्टले तालिमको लागि आर्थिक व्यवस्थापन गरेको छ ।

तालिममा सहभागीहरुलाई हेफरका प्रशिक्षक सकुन्तला रसाइलीले सहजीकरण गरेका थिए ।

 

images
प्रकाशित मिति :माघ ११, २०७९ बुधवार - २२:४३:३७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology