Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

आँबुखैरेनी विशेष

आँबुखैरेनीको स्वास्थ्य सेवामा अर्को फड्को : आँखाको उपचार पनि अब आँबुखैरेनीमा नै

आँबुखैरेनीको स्वास्थ्य सेवामा अर्को फड्को : आँखाको उपचार पनि अब आँबुखैरेनीमा नै

आँबुखैरेनीको स्वास्थ्य सेवामा अर्को फड्को : आँखाको उपचार पनि अब आँबुखैरेनीमा नै

आँबुखैरेनी । आफ्नै अस्प्ताल सञ्चालनमा ल्याएको २ महिना भित्रै थुप्रै सेवाहरु थपिदै लगिएको आँबुखैरेनी अस्पतालमा अब आँखा उपचारको सेवा पनि सुरु हुने भएको छ । गाउँपालिकाले आँखाको सम्पूर्ण उपचार सेवा प्रदान गर्ने उद्देश्यका साथ बिहिबार एक सम्झौता भएको छ। गाउँपालिकावासीलाई सहज रुपमा सेवा प्रवाह गर्ने उद्देश्य सहित गाउँपालिकाले आँखाको सम्पूर्ण उपचार सेवा प्रदान गर्ने तयारी गरेको हो । 

images

आँबुखैरेनी अस्पतालबाट आँखाको उपचार सेवा दिन लागिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताए । उनले भने, ‘आँखा उपचार सेवा प्रदान गर्नका लागि गाउँपालिकाले नेपाल नेत्रज्योति संघ, भरतपुर आँखा अस्पतालसँग द्विपक्षीय सम्झौता गरेको छ ।’ 

ffff.jpg

आँबुखैरेनीका लायन्स क्लबहरुको सहकार्यमा नेपाल नेत्रज्योति संघ, भरतपुर आँखा अस्पताल र गाउँपालिकाले संयुक्त रुपमा आँबुखैरेनी अस्पतालमा नै आँखा उपचार केन्द्र सञ्चालन गर्ने सहमति र सम्झौता गरिएको अध्यक्ष चुमानले बताए । उनले आँबुखैरेनीका जनतालाई आँखाको उपचारका लागि अन्यत्र जानपर्ने बाध्यता अन्त्य हुने विश्वास व्यक्त गरेका छन् । 

यस्तै, गाउँपालिका अध्यक्षमा निर्वाचित भएर आएसंगै अध्यक्ष चुमानले स्वास्थ्य र शिक्षा क्षेत्रलाई प्राथमिकताका साथ अगाडि बढाएका छन् । पदभार ग्रहण गरेसँगै उनले पहिलो निर्णय नै गाउँपालिका भित्रका ६ वटै वडामा सामाजिक सुरक्षा भत्ता टोलटोलमा बितरण गर्ने, गर्भवती महिला, ६० वर्ष नाघेका ज्येष्ठ नागरिक, आकष्मिक बिरामी, दीर्घरोगी असहाय, अशक्त लाई पनि निःशुल्क एम्बुलेन्स सेवा दिने निर्णय गरेका थिए । 

सोही निर्णय बमोजिम गाउँपालिकाको नीति, कार्यक्रम तथा बजेटमा मेडिकल डाक्टरको व्यवस्था सहित १५ शय्याको आँबुखैरेनी अस्पताल सञ्चालन गर्ने, अस्पतालमा आकस्मिक सेवा, आधारभुत प्रयोगशाला, एक्स–रे, भिडियो एक्स–रे, इसिजी, फार्मेसीको समेत व्यवस्था गरी अधिकत्तम स्वास्थ्य सेवा निःशुल्क गराउने योजना अगाडि ल्याएका थिए । 

योजना बमोजिम नै गाउँपालिकाले गत मंसिर १ गतेदेखि एमडिजिपी डाक्टरको व्यवस्था सहित १५ शैय्याको आँबुखैरेनी अस्पतालको सेवा सुरु गरिसकेको छ भने अस्पतालबाट विभिन्न रोगहरुको उपचारको लागि शिविरको आयोजना गरि निःशुल्क उपचारको व्यवस्था मिलाएको छ। 

अस्पतालले संचालनको एक महिनामै २ हजार बढि सेवाग्राहीले उपचार सेवा लिइएको गाउँपालिका अध्यक्ष चुमानले बताए । ‘अहिले हाम्रो अस्पतालबाट औसत दैनिक एक सय जना नागरिकले स्वास्थ्य सेवा लिइरहनु भएको छ, यो क्रम बढ्दो छ’, उनले भने, ‘अस्पताललाई सुविधासम्पन्न बनाउनका लागि रंगिन डिजिटिल एक्स–रे मेसिन जडान, अत्याधुनिक प्रविधिको ल्याव, अपरेशन कक्षको व्यवस्था लगायतका कामहरु गर्न लागि परेकाछौं ।’ 

गाउँपालिकाले नेपालकै पहिलो पेपरलेस अस्पतालको रुपमा आँबुखैरेनी अस्पताललाई अगाडि बढाएको छ । अध्यक्ष चुमानले भने, ‘पेपरलेस बनाउन सके आगामी दिनमा हाम्रो अस्पतालमा एक पटक स्वास्थ उपचार लिएका नागरिकको स्वास्थ्य विवरण त्यसमा समावेश गर्ने भएकाले अर्को पटक सेवा लिन आउँदा नागरिकले कुनै पनि कागजपत्र बोक्नु पर्दैन, जसले नागरिकलाई सहजता बनाउछ ।’ 

अस्पतालमा ७० वर्ष माथिका ज्येष्ठ नागरिक र सुत्केरीलाई निःशुल्क सेवाको व्यवस्था गरिएको छ भने अन्यलाई पनि स्वास्थ्य बिमा कार्यक्रम मार्फत निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गरिएको छ । यस्तै गाउँपालिका भित्रका कुनैपनि नागरीकमा क्यान्सर जस्ता दीर्घ रोग लागेमा ५० हजार रुपैयाँ बराबरको आर्थिक सहयोग उपलब्ध गराउनुका साथै निःशुल्क स्क्रिनिङको व्यवस्था समेत मिलाइएको छ ।

images
प्रकाशित मिति :माघ ६, २०७९ शुक्रवार - १०:१६:०६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology