Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

राजनिति

प्रतिनिधि सभाको उपसभामुखका लागि मनोनयन दर्ता आज 

प्रतिनिधि सभाको उपसभामुखका लागि मनोनयन दर्ता आज 

प्रतिनिधि सभाको उपसभामुखका लागि मनोनयन दर्ता आज 
images

काठमाण्डौ । प्रतिनिधि सभाको उपसभामुख पदका लागि आज मनोनयन दर्ता हुँदैछ । प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीका अनुसार प्रतिनिधि सभाका कुनै पनि सदस्यलाई उपसभामुख पदमा निर्वाचित गरियोस् भनी प्रतिनिधि सभा नियमावली २०७५ को नियम ८ को उपनियम २ बमोजिम प्रस्तावको सूचना आज दिउँसो १ देखि ४ बजेसम्ममा दर्ता गर्न सकिने छ ।

images
images

निर्धारित समयभित्र दर्ता भएका उम्मेदवारीको सूचनाको दर्ताक्रमानुसार दिउँसो सवा ४ बजे संसद भवन नयाँवानेश्वरमा प्रकाशित गर्ने कार्यतालिका रहेको सचिव योगीले जानकारी दिनुभयो ।

आज दर्ता भएको उम्मेदवारी अनुसार भोलि उपसभामुखको निर्वाचन हुने छ । सरकारमा रहेका दलहरूले गरेको शक्ति बाँडफाँडको निर्णय अनुसार प्रतिनिधि सभाको उपसभामुख राष्ट्रिय स्वतन्त्र पार्टीले पाएको छ । कसलाई उपसभामुखको उम्मेदवार बनाउने भन्ने बारेमा छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक अहिले बिहान सिंहदरवारमा बस्दै छ ।

राष्ट्रपतिलगायतका पदमा नेपाली काँग्रेसले उम्मेदवार उठाउने नेताहरूले बताए पनि काँग्रेसले उपसभामुखको उम्मेदवारका बारेमा हालसम्म निर्णय गरेको छैन । हिजो भएको निर्वाचनबाट सभामुखमा नेकपा एमालेका सांसद देवराज घिमिरे निर्वाचित भइसक्नु भएको छ । 

images
प्रकाशित मिति :माघ ६, २०७९ शुक्रवार - ०९:४७:१५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology