Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
२०८३, कार्तिक १६ गते
images

आँबुखैरेनी विशेष

छिम्केश्वरी माविको हीरक जयन्ती भव्य रुपले सम्पन्न, सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा प्रदान गर्ने पालिका अध्यक्ष चुमानको प्रतिबद्धता 

छिम्केश्वरी माविको हीरक जयन्ती भव्य रुपले सम्पन्न, सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा प्रदान गर्ने पालिका अध्यक्ष चुमानको प्रतिबद्धता 

images

इच्छाकामना न्युज

२८, पौष २०७९
छिम्केश्वरी माविको हीरक जयन्ती भव्य रुपले सम्पन्न, सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा प्रदान गर्ने पालिका अध्यक्ष चुमानको प्रतिबद्धता 
images
आँबुखैरेनी । तनहुँ जिल्लाको उच्च भूमिमा रहेको छिम्केश्वरी माध्यमिक विद्यालयले आज विविध कार्यक्रम गरी हीरक जयन्ती भव्य रुपले मनाएको छ । आँबुखैरेनी गाउँपालिका वडा नं. ४ , भाँगे अक्लाङ्ग स्थित विद्यालयको प्राङ्गणमा एक समारोहको आयोजना गरी विद्यालय व्यवस्थापन समितीका अध्यक्ष जुद्ध बहादुर थापाको सभापतित्व तथा आँबुखैरेनी गाउँपालिका अध्यक्ष शुक्र चुमानको प्रमुख आतिथ्यतामा हीरक महोत्सव–२०७९(६० औं बर्ष) अभिभावक भेला तथा पुर्नमिलन समारोह भव्य रुपले सम्पन्न भएको हो ।
324629162_554873006553995_4208000363144109296_n.jpg
 
हीरक स्तम्भ अनावरण, हीरक स्मारिका विमोचन, भूपु विद्यार्थी, शिक्षक पुर्नमिलन समारोह, सम्मान कार्यक्रम तथा विविध लोक साँस्कृतिक कार्यक्रम गरी हीरक जयन्ती भव्य रुपले मनाईएकोे थियो ।
324855982_832776624496677_4249093442486012973_n.jpg
 
सो अवसरमा जग्गादाता डम्बर बहादुर खवास, जुद्ध बहादुर खवास, चन्दादाता धनकाजी आले, पूर्व प्रधानाध्यापक सुदर्शन अर्याल, डोलमाया गुरुङ, सँस्थापक सदस्य बाबुराम तिवारी, विद्यालयका उत्कृष्ट शिक्षिका दिलमाया मश्राङीलाई सम्मान गरिएको विद्यालयका प्रधानाध्यापक राजेन्द्र न्यौंपानेले जानकारी दिनुभयो ।
324860787_697857781833922_9091707272790366235_n.jpg
 
हीरक महोत्सव समारोहलाई सम्बोधन गर्दै आँबुखैरेनी गाउँपालिका अध्यक्ष शुक्र चुमानले सामुदायिक विधालयमा गुणस्तरीय शिक्षा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँले भन्नुभयो, विद्यालयमा दुइ चार जना विद्यार्थी भएर हुँदैन ।
324855921_716165939896911_5058127577143567126_n.jpg
 
धेरै विद्यार्थी हुनुपर्दछ अनि गुणस्तर हुन्छ । आफ्नो गाउँमा भएको विद्यालय मर्च गर्न पाइँदैन भन्नेले बालिका भने अन्तत्र पढाएको हुने गरेको उनले बताए । गाउँमा रहेको विद्यालयले जति सम्म शिक्षा दिन सक्ने हो त्यतिसम्मको कक्षा मात्र चलाउनुपर्ने उनले बताए ।
324849480_890799688779666_7030367361003014051_n.jpg
 
दुइ जना शिक्षक राखेर मावि चलाउँछु भन्दा विद्यार्थीहरुको भविष्य अन्यौल हुने भएकाले त्यसतर्फ पालिकाले योजना बनाइरहेको बताए । कार्यक्रममा वडा नम्बर ४ का वडा अध्यक्ष मिलन भुजेल, शिक्षा शाखा प्रमुख निर्मला कुँवर, मस्र्याङ्गदी बालज्योती बोर्डिङ स्कुलका प्रिन्सिपल भगवानदास मल्ल, पूर्व प्रअ सुदर्शन अर्याल, आँबु प्राविका प्रअ लक्ष्मण गुरुङ, विद्यालय व्यवस्थापन समितिका सदस्य देवनारायण खवास, विद्यार्थी भुवल सोमै लगायतले मन्तव्य राखेका थिए ।
325429064_1274457113413644_7650652526559369562_n.jpg
 
विद्यालयका शिक्षकद्वय काशीनाथ देवकोटा र पूर्णिमा थापाले संचालन गर्नुभएको हीरक महोत्सव–२०७९(६० औं बर्ष) अभिभावक भेला तथा पुर्नमिलन समारोहमा प्रधानाध्यापक राजेन्द्र न्यौपानले प्रगति प्रतिवेदन पेश गरेका थिए ।
324855911_2751235848343315_9030013844517034583_n.jpg
324866178_889231072521431_6510991862355330959_n.jpg
324875347_3338256729724031_5140179002277931421_n.jpg

images
प्रकाशित मिति :पौष २८, २०७९ बिहिवार - २२:१३:०५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology