Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
२०८३, कार्तिक १६ गते
images

छिम्केश्वरी मावि भाँगेमा हिरक जयन्ती

छिम्केश्वरी मावि भाँगेमा हिरक जयन्ती

images

इच्छाकामना न्युज

२५, पौष २०७९
छिम्केश्वरी मावि भाँगेमा हिरक जयन्ती
images

 तनहुँ । तनहुँ जिल्लाको उच्च भूमिमा रहेको छिम्केश्वरी माध्यमिक विद्यालयको हीरक जयन्ती यहि पुस २५ गतेदेखि २८ गते सम्म विविध कार्यक्रम गरि मनाउन थालेको छ । सोमबाट हीरक जयन्तीको आँवुखैरेनी गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष मिलन भुजेलले उद्घाटन गर्नुभएको छ । उहाँले ६० वर्ष पुगेको विद्यालयको हीरक जयन्ती उद्घाटन गर्नपाउनु सुखद पक्ष रहेको बताउँदै यहाँको शैक्षिक सुधारका लागि आफूले सकेको सहयोग गर्ने बताउनुभयो । 

322575335_1211747196393236_4079010257074513748_n.jpg

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक राजेन्द्र न्यौपानेले शिक्षाको विकास विना अरु विकास सम्भव नभएकोले शिक्षालाई प्राथमिकता दिइनुपर्ने बताउनुभयो । धेरै अमूल्य विषय र बस्तु छिम्केश्वरी क्षेत्रमा भएपनि यसलाइ बजारीकरण गर्न नसक्दा यस क्षेत्रका नागरिकहरु रोजगारका लागि अन्यत्र जानुपर्ने बाध्यता रहेको उहाँको भनाइ छ । यस क्षेत्रलाइ पर्यटनको विकासबाट अघि बढाउनुपर्ने उहाँको भनाइ छ । विद्यालय व्यवस्थापन समितिका सदस्य देवनारायण खवासले यस क्षेत्रमा शिक्षाको विकास नयाँ ढँगले अघि बढेको बताउनुभयो । 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जुद्ध बहादुर थापाको अध्यक्षतामा सुरु भएको कार्यक्रम पुस २८ गते समापन हुने विद्यालयका सूचना अधिकारी काशीनाथ देवकोटाले बताउनुभयो  । नियमित पठनपाठनसँगै विद्यार्थीको अतिरिक्त क्षमता विकास लागि विद्यालयले काम गर्दै आइरहेको उहाँको भनाइ छ ।

images
प्रकाशित मिति :पौष २५, २०७९ सोमवार - १९:४२:०५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology