Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

पन्थचुली पाथिभरा टोलविकास संस्था मायाटारको अध्यक्षमा इन्द्र बहादुर प्रजा चयन

पन्थचुली पाथिभरा टोलविकास संस्था मायाटारको अध्यक्षमा इन्द्र बहादुर प्रजा चयन

images

इच्छाकामना न्युज

२४, पौष २०७९
पन्थचुली पाथिभरा टोलविकास संस्था मायाटारको अध्यक्षमा इन्द्र बहादुर प्रजा चयन
images

इच्छाकामना । चितवनको इच्छाकामना २ स्थित पन्थचुली पाथिभरा टोल विकास संस्था मायाटारको अध्यक्षमा इन्द्र बहादुर प्रजा चयन हुनुभएको छ ।

शनिबार सम्पन्न टोल बासीहरुको भेलाले प्रजाको नेतृत्वमा ९ सदस्यीय टोल विकासको नयाँ कार्य समिति गठन गरिएको हो ।

भेलाले उपाध्यक्षमा नर बहादुर चेपाङ,, सचिवमा टिका बहादुर गुरुङ र कोषाध्यक्षमा डिलमाया चेपाङलाई चयन गरिएको सचिव टिका बहादुर गुरुङले जानकारी दिनुभयो ।

सदस्यहरुमा धनमाया चेपाङ,लिन कुमारी चेपाङ, सोवर्ण गुरुङ, समिप गुरुङ र दिनेश चेपाङ रहनुभएको छ ।

वडा सदस्य एक बहादुर गुरुङ, वडा कार्यालयका सह–सचिव सुमन पुरी लगायतको उपस्थितिमा टोलविकास समितिको नयाँ कार्य समिति चयन गरिएको हो ।

यस टोल विकास संस्थामा मायाटार, दुम्किङ, हेप्चेक र माझ खर्क  गरि  चार गाउँका १०४ घरधुरी छन् ।

images
प्रकाशित मिति :पौष २४, २०७९ आइतवार - २२:२४:४९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology