Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

माओवादीले वाम एकताको लागि आजदेखि छलफल गर्ने 

माओवादीले वाम एकताको लागि आजदेखि छलफल गर्ने 

इच्छाकामना न्युज

२४, पौष २०७९
माओवादीले वाम एकताको लागि आजदेखि छलफल गर्ने 
images

काठमाण्डौ । नेकपा माओवादी केन्द्रले विभिन्न वामदलरूसँगको एकताका लागि आजदेखि छलफल गर्ने भएको छ । वाम एकताको लागि गठन भएको पाँच सदस्यीय वार्ता टोलीले आजदेखि छलफल गर्ने टोलीका सदस्य एवं माओवादी केन्द्रका महासचिव देव गुरुङले सीआईएनसँग बताउनुभयो । उहाँका अनुसार समितिले वामपन्थी दलहरूसँग एकताको लागि प्रयास गर्नेछ ।

images
images

एकता नभए वाम मोर्चा बनाउने उहाँको भनाइ छ । माओवादीले उपाध्यक्ष कृष्णबहादुर महराको नेतृत्वमा पाँच सदस्यीय टोली गठन गरेको हो ।

हिजो बिहान मात्रै पनि एकताका बारेमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईबीच बालुवाटारमा छलफल भएको थियो । 

images
प्रकाशित मिति :पौष २४, २०७९ आइतवार - ०९:०९:२६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology