Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

आँबुखैरेनी अस्पताल

आँबुखैरेनी अस्पतालमा सरकारी दरबन्दीको डाक्टर थपियो, अब ३ जना डाक्टरले सेवा दिने

आँबुखैरेनी अस्पतालमा सरकारी दरबन्दीको डाक्टर थपियो, अब ३ जना डाक्टरले सेवा दिने

इच्छाकामना न्युज

२१, पौष २०७९
आँबुखैरेनी अस्पतालमा सरकारी दरबन्दीको डाक्टर थपियो, अब ३ जना डाक्टरले सेवा दिने

आँबुखैरेनी । तनहुँको आँबुखैरेनी गाउँपालिकाले सञ्चालन गरेको आँबुखैरेनी अस्पतालमा सरकारी दरबन्दीको एक डाक्टर थप भएको छ । अस्पतालको लागि गण्डकी प्रदेश सरकारमार्फत् डाक्टर थप भएको हो।

images

प्रदेश सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मार्फत् अस्पतालमा चिकित्सकको दरबन्दी कायम गरिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी गराए । प्रदेश सरकारले अस्पतालका लागि मेडिकल अधिकृत डा. हरि सेढाईलाई नियुक्त दिएर पठाएको छ । 

गाउँपालिका अध्यक्ष चुमानले लामो समयदेखिको दरबन्दीको मागलाई प्रदेश सरकारले सम्बोधन गरिदिएको बताए । उनले भने, ‘अस्पतालमा सरकारी दरबन्दीको चिकित्सकको माग गरेका थियौ, हाम्रो मागलाई प्रदेश सरकारले सम्बोधन गरेको छ ।’ 

गाउँपालिकाले यसअघि नै आफ्नै स्रोतमा एक जना एमडिजिपी डा. डिबि क्षेत्री र मेडिकल अधिकृत अबिनाश रौनियारलाई नियुक्त गरेको थियो । डाक्टर थप भएसँगै अब आँबुखैरेनी अस्पतालमा सेवा दिने डाक्टरको संख्या ३ पुगेको छ ।

images
प्रकाशित मिति :पौष २१, २०७९ बिहिवार - ०९:०४:०८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology