Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

इच्छाकामना विशेष

इच्छाकामनामा भ्रष्टाचार नियन्त्रण एंव सुशासन प्रवद्र्धनमा सहकार्य बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

इच्छाकामनामा भ्रष्टाचार नियन्त्रण एंव सुशासन प्रवद्र्धनमा सहकार्य बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

images

इच्छाकामना न्युज

१७, पौष २०७९
इच्छाकामनामा भ्रष्टाचार नियन्त्रण एंव सुशासन प्रवद्र्धनमा सहकार्य बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
images

कुरिनटार । चितवनको इच्छाकामनामा ‘भ्रष्टाचार नियन्त्रण एंव सुशासन प्रवद्र्धनमा सहकार्य’ बिषयक पालिका स्तरीय अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । अख्तियार दुरुपोग अनुसन्धान आयोगको कार्यालय हेटौँडाको आयोजनामा चितवनको इच्छाकामना ४ कुरिनटारमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा अख्तियार दुरुपोग अनुसन्धान आयोगको कार्यालय हेटौडाका कार्यालय प्रमुख सह–सचिव नरहरि घिमिरे र मोहन दत्त भट्टले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काम, कर्तव्य र अधिकारसँगै पालिका तथा जिल्लाबाट अख्तियारमा परेका उजुरीको संख्या, कुन पालिकाबाट कति उजुरी लगायतका तथ्यांकहरू प्रस्तुत गरेका थिए । अख्तियारमा उजुरी गर्ने विषय, विधि प्रकृया बारे जानकारी गराएका थिए ।

भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्वन गर्ने कार्यक्रममा सहभागिहरूले आ–आफ्नो जिज्ञासा र गुनासो राख्दै अख्तियारलाई सुझाव समेत दिएका थिए ।

अख्तियार दुरुपोग अनुसन्धान आयोगको कार्यालय हेटौडाका कार्यालय प्रमुख सह–सचिव नरहरि घिमिरेको सभापतित्व तथा इच्छाकामना गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङको प्रमुख आतिथ्यातामा कार्यक्रम सम्पन्न भएको हो । 

सर्वशान्ति माध्यमिक विद्यालयको सभाहलमा भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष माया सिलवाल, वडाध्यक्ष लगायत जनप्रतिनिधिहरु ,प्रमुख प्रशासकिय अधिकृत जगतप्रसाद भुसालसहित कर्मचारीहरु, संचारकर्मी शिक्षक विभिन्न संघसंस्थाका प्रतिनिधि लगायतको सहभागिता रहेका थिए ।

images
प्रकाशित मिति :पौष १७, २०७९ आइतवार - २२:४४:०८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology