काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता फागुन १९ गत्ते देखि सञ्चालन हुने भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले शीर्ष डिभिजनका क्लबहरुसँगको छलफलपछि शहीद स्मारक ए डिभिजन लिग फुटबलको मिति परिवर्तन गरेको हो ।
एन्फा मुख्यालय सातदोवाटोमा विहीबार ए डिभिजनका १४ क्लबसँगको छलफलपछि एन्फाले फागुन १९ गतेदेखि लिग सञ्चालन गर्ने नयाँ मिति तोकेको हो । एन्फाले पुस २६ गतेदेखि लिग सुरु गर्ने घोषणा गरेको थियो ।
उता मोफसलमा सुरु भएको विभिन्न प्रतियोगितालाई लक्षित गरी क्लबहरुले खेलाडी भित्राउन सुरु गरिसकेको छ । हाल पोखरामा आहा रारा पोखरा गोल्डकप सञ्चालन भैरहेको छ ।