आँबुखैरेनी । गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयका टोलिद्वारा बिहीवार साँझ आँबुखैरेनी अस्पतालको अनुगमन गरेको छ । आँबुखैरेनी गाउँपालिकाद्वारा संचालित आँबुखैरेनी अस्पतालको गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा. विश्व बन्धु वगाले ,राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रका वरिष्ठ स्वास्थ्य प्रशासकका डा. माधव प्रसाद लम्साल लगायतको टोलीले अनुगमन गरेको हो।

अनुगमनको क्रममा गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले स्वास्थ्य क्षेत्रमा पालिका र पालिकाका नागरिकका निमित्त मेधा प्रस्ताव राख्नु भएको छ । गाउँपालिका अध्यक्ष चुमानले राख्नु भएको प्रस्ताव मन्त्रालयबाट आएको सचिव स्तरीय टोलिले पूरा गर्ने प्रतिवद्वता जनाएको छ ।
भेटघाट कार्यक्रममा गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयको टिम सँग गाउँपालिका अध्यक्ष चुमान,उपाध्यक्ष दुर्गा अर्याल ,प्रमुख प्रशासकीय अधिकृत बिष्णु प्रसाद शर्मा , अस्पतालका एमडिजिपी डाक्टर लगायतको टोलि रहेको गाउँपालिका अध्यक्षका स्वकीय सचीव मनोज बास्तोलाले जानकारी दिनुभयो ।