आँबुखैरेनी । सहास नेपालको सहजीकरणमा गठन भएकोे गोरखा, तनहुँ र धादिङ्ग जिल्लाका समुदायमा आधारित संजाल संस्थाहरुको समिक्षा बैंठक मंगलबार सम्पन्न भएको छ । आँबुखैरेनी गाउँपालिका वडा नं. ३ स्थित होटल बन्दिपुरमा ९गत पौंष ३, ४ र ५ गते ३ दिन सम्म चलेको बैठकले संजाल संस्थाहरुको दिगो विकास र प्रभावकारिताको लागि ६ वटा बुद्धामा प्रतिवद्धता पत्र जारी गरेको छ ।
तनहुँ जिल्लाका ३, गोरखा जिल्लाका ३ र धादिङ्ग जिल्लाका २ वटा गरी ८ वटा संजाल संस्थाहरुको भेलाले जारी गरेको प्रतिवद्धता पत्रमा समुह, मूल समिती र संजाल संस्थाहरुको तथ्याङ्क अद्यावधिक नियमित रुपमा गर्ने, संजाल संस्थाहरुको नविकरण समयमा नै गर्ने, संजाल संस्थाको दिगोपनाको लागि श्रोत खोजी गर्न संस्थामा ३ सदस्यीय बनाई कार्य अगाडी बढाउन जिम्मेवारी दिने, सहासको सहयोग प्रत्येक समुहरुमा संचालन भएका क्रियाकलापहरुको अनुगमन गरी विवरण तयार पार्ने, समाजिक सवाल कुरिती, कुसंस्कार बारे अभियान र पैरवी कार्य गर्ने र संजाल संस्थाहरुले सरकारी संस्था तथा गैर सरकारी संस्थाहरु सँग नियमित रुपमा समन्वय र सहकार्य गर्न पहल गर्ने रहेका छन् ।
जारी प्रतिवद्धता पत्र कार्यान्वयनका लागि दातृ निकाय सहास नेपाल केन्द्रिय कार्यालय काठामाण्डौंमा पेश गरिएको छिम्केश्वरी मेलमिलाप किसान (छिमेक) समाज आँबुखैरेनीका सचिव पृथ्वी बहादुर गुरुङ्गले जानकारी दिनुभयो । संजाल सस्थाहरुको समिक्षा बैंठकको सहास नेपाल काठमाण्डौंका टंक गौंतमले सहजीकरण गर्नुभएको थियो ।