Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

आँबुखैरेनी विशेष

आँबुखैरेनीको अध्यक्षमा शुक्र चुमान आएको ६ महिनामै स्वास्थ्य क्षेत्रमा देखियो उल्लेख्य प्रगती 

आँबुखैरेनीको अध्यक्षमा शुक्र चुमान आएको ६ महिनामै स्वास्थ्य क्षेत्रमा देखियो उल्लेख्य प्रगती 

आँबुखैरेनी अस्पताल खुल्यो, अधिकाशं रोगको उपचार निःशुल्क, क्यान्सर रोगीलाई ५० हजार सहयोगको व्यवस्था

आँबुखैरेनीको अध्यक्षमा शुक्र चुमान आएको ६ महिनामै स्वास्थ्य क्षेत्रमा देखियो उल्लेख्य प्रगती 

आँबुखैरेनी । दोस्रो स्थानीय तह निर्वाचन सम्पन्न भएर नयाँ जनप्रतिनिधिले कार्यभार सम्हालेको ६ महिना पुरा भैसकेको छ । धेरैजसो स्थानीय तहका प्रमुखहरुले के–कसरी काम गर्ने अझै मेलोमेसो पाउन सकेको छैन । तर भिजन र इच्छाशक्ति भएको व्यक्ति एउटा स्थानीय तहको प्रमुख बन्यो भने उसले कति परिवर्तन गर्न सक्छ भन्ने उदाहरण केहि स्थानीय तहका प्रमुखहरुले देखाएका छन् ।

images

त्यसै मध्य एक उदाहरण हो, तनहुँको आँबुखैरेनी गाउँपालिका । पछिल्लो स्थानीय तह निर्वाचनमा आँबुखैरेनी गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रबाट शुक्र चुमान निर्वाचित भएका थिए । उनी निर्वाचित भएर आएसँगै ६ महिना भित्रैमा आँबुखैरेनी गाउँपालिकाको स्वास्थ्य र शिक्षा क्षेत्रमा उल्लेख्यनीय प्रगती भएको छ । 

पदभार ग्रहण गरेसँगै उनले पहिलो निर्णय नै गाउँपालिका भित्रका ६ वटै वडामा सामाजिक सुरक्षा भत्ता टोलटोलमा बितरण गर्ने, गर्भवती महिला, ६० बर्ष नाघेका जेष्ठ नागरिक, आकष्मिक बिरामी, दीर्घरोगी असहाय, अशक्त लाइ पनि निःशुल्क एम्बुलेन्स सेवा दिने निर्णय गरेका थिए । सोही बमोजिम नयाँ जनप्रतिनिधिको पहिलो बजेट निति तथा कार्यक्रममा नै तत्काल मेडिकल डाक्टरको व्यवस्था सहित १५ शय्याको आँबुखैरेनी अस्पताल सञ्चालन गर्ने, अस्पतालमा आकस्मिक सेवा, आधारभुत प्रयोगशाला, एक्स–रे, भिडियो एक्स–रे, इसिजी, फार्मेसीको समेत व्यवस्था गरि अधिकत्तम स्वास्थ्य सेवा निःशुल्क गराउने योजना अघि सारेका थिए ।
योजना बमोजिम नै यहि मंसिर १ गतेदेखि एमडिजिपी डाक्टरको व्यवस्था सहित १५ शैय्याको आँबुखैरेनी अस्पतालको सेवा सुरु गरिसकेको छ भने अस्पतालबाट विभिन्न रोगहरुको उपचारको लागि शिविरको आयोजना गरि निःशुल्क उपचारको व्यवस्था गरिएको छ । 

अस्पतालले संचालनको एक महिनामै २ हजार जनालाई उपचार सेवा दिएको गाउँपालिका अध्यक्ष शुक्र चुमानले जानकारी दिए । ‘अहिले हाम्रो अस्पतालबाट औसत दैनिक एक सय जना नागरिकले स्वास्थ्य सेवा लिइरहेको छ, यो क्रम बढ्दो छ’ –उनले भने । अस्पताललाई सुविधासम्पन्न बनाउनका लागि रंगिन डिजिटिल एक्सरे मेसिन जडान, अत्याधुनिक प्रविधिको ल्याव, अपरेशन कक्षको व्यवस्था लगायतका कामहरु गर्न लागिपरिरहेको पनि उनले बताए ।

यतिमात्र नभै यहि पुस महिना भित्र नेपालकै पहिलो पेपरलेस अस्पतालको रुपमा आँबुखैरेनी अस्पताललाई विकास गर्न एक संस्थासँग ५० लाखको सफ्टवेयर निःशुल्क जडान कार्य भैरहेको पनि उनले बताए । ‘पेपरलेस बनाउन सके आगामी दिनमा हाम्रो अस्पतालमा एक पटक स्वास्थ उपचार लिएका नागरिकको स्वास्थ्य विवरण त्यसमा समावेश गर्ने भएकोले अर्को पटक सेवा लिन आउदा नागरिकले कुनै पनि कागजपत्र बोक्न पर्दैन, जसले नागरिकलाई सहजता बनाउछ’ –उनले भने । 

अस्पतालमा ७० वर्ष माथिका ज्येष्ठ नागरिक र सुत्केरीलाई अस्पतालको निःशुल्क सेवाको व्यवस्था छ भने अन्यलाई पनि स्वास्थ्य बिमा कार्यक्रम मार्फत निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्दैछ । 

यस्तै गाउँपालिका भित्रका कुनैपनि नागरीकमा क्यान्सर जस्ता दीर्घकालिन रोग लागेमा ५० हजार रुपैयाँको नगद सहयोग गर्न थालिएको छ भने निःशुल्क स्क्रिनिङको व्यवस्था समेत गरिएको छ । 

images
प्रकाशित मिति :पौष ६, २०७९ बुधवार - ०९:४१:३५ बजे

चित्र बहादुर गुरुङ

पत्रकार चित्र बहादुर गुरुङ इच्छाकामना न्युजका कार्यकारी सम्पादक हुन् भने मनकामना एफ. एम. ९८.७ मेगाहर्जको स्टेशन म्यानेजर र आँबुखैरेनी सन्देश साप्ताहिक पत्रिकाका कार्यकारी सम्पादक समेत हुन्।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology