Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
२०८३, कार्तिक १६ गते
images

आँबुखैरेनी विशेष

ऐना पहरामा अत्याधुनिक पार्क निर्माण सुरु गर्दै आँबुखैरेनी गाँउपालिका, आज शिलन्याश

ऐना पहरामा अत्याधुनिक पार्क निर्माण सुरु गर्दै आँबुखैरेनी गाँउपालिका, आज शिलन्याश

images
ऐना पहरामा अत्याधुनिक पार्क निर्माण सुरु गर्दै आँबुखैरेनी गाँउपालिका,  आज शिलन्याश
images

आँबुखैरेनी । तनहुँको आँबुखैरेनी गाउँपालिका वडा न २ र ४ को सिमाना पृथ्वी राजमार्ग स्थित ऐना पहरामा अत्याधुनिक पार्क निर्माण कार्य सुरु भएकोछ। गाँउपालिकाका पालिकाका अध्यक्ष शुक्र चुमानले पार्कको शिलन्यास गर्दै सोस्थानलाई शुन्दर पर्यटकीय केन्द्र बनाउने सोंच अनुसार काम सुरु भएको बताए । अध्यक्ष चुमानले नेपालमा पहिलो पटक ऐना पहरामा स्टक्चर पार्क बनाउने अभियान सुरु गरिन लागेको बताए । पहाड खोपेर आर्कषक गणेशको मुर्ती निमांर्ण गरिने बताए साथै सो स्थानमा पहरालाई खोपेर बिभिन्न आकृती निर्माण गर्न लागिएको अध्यष चुमानले बताए । कार्यक्रममा गाँउपालिकाकी उपाध्यक्ष दुर्गा अर्याल प्रमुख प्रसासकीय अधिकृत विष्णु प्रसाद शर्मा लगातयको सहभागिता रहेको थियो र्। ऎना पहराको वरपर रहेका चट्टान हरुमा आकर्षक देवी देवताहरुको आकर्षण मूर्ति निर्माण गरेर गाँउपालिकाले प्रमुख पर्यटकीय गन्तब्यको रुपमा विकास गर्न खोजेको छ । पर्यटन प्रर्वद्वनमा नयाँ आयम थपने उद्देश्यले ऐना पहरामा झरनामा अत्याधुनिक पार्क निर्माण गर्न लागि गाँपालिकाले आर्थिक बर्ष २०७८/०७९ मारु १ करोड ४० लाख रुपैयाँको बिनियोजन गरेको छ । सो लागतमा पार्कको निर्माण कार्य सुरु भएको हो । ऎना पार्कलाई तनहुँकै उत्कृष्ट पर्यटकीय गन्तव्य रुपमा देखाउने गाउँपालिकाले लक्ष्य राखेको छ ।

images
प्रकाशित मिति :पौष ५, २०७९ मंगलवार - १४:३०:४७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology