Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

सरकार गठनका लागि दलहरू आन्तरिक छलफलमा 

सरकार गठनका लागि दलहरू आन्तरिक छलफलमा 

images
सरकार गठनका लागि दलहरू आन्तरिक छलफलमा 
images

काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीले ७ दिन भित्रमा सरकार गठनका लागि आह्वान गरेपछि दलहरू आन्तरिक छलफलमा जुटेका छन् । नेताहरू पार्टी भित्र र बाहिर औपचारिक अनि अनौपचारिक छलफलमा जुटेका छन् । हिजो बसेको काँग्रेस कार्यसम्पादन समितिको बैठकले आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय गरेको छ ।

सत्ता गठबन्धनमा रहेको एकीकृत समाजवादी पार्टीले भने सरकार निर्माण, संसदीय दलको नेता छनोटलगायतका बारेमा आज निर्णय गर्ने भएको छ । नयाँ सरकारको नेतृत्वको बारेमा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले दावी गरेपछि भने गठबन्धन निरन्तर रहन्छ वा भत्किन्छ भन्ने बारेमा विभिन्न टिप्पणी भइरहेका छन् ।

सरकार गठनका लागि ८९ जना आफ्नै पार्टीका सांसद रहेको काँग्रेसलाई थप ४९ जना सांसदको समर्थन आवश्यक हुन्छ । यसका लागि २० सिट भएको राष्ट्रिय स्वतन्त्र पार्टी, १४ सिट भएको राप्रपा, १२ सिट भएको जसपा र ६ सिट भएको जनमत पार्टीको समर्थन पाउनुपर्छ । तर, यी सबै दलले यो मोर्चालाई साथ दिने निश्चित छैन ।

त्यसैले ४ सिट भएको लोसपा, ३ सिट भएको नागरिक उन्मुक्ति पार्टी, ५ जना स्वतन्त्र सांसदको समर्थन दुबै पक्षका लागि अर्थपूर्ण हुनेछ । प्रतिनिधि सभाका दुई सय ७५ जना सांसदमध्ये बहुमतका लागि कम्तिमा एक सय ३८ जनाको समर्थन चाहिन्छ । राष्ट्रपति विद्यादेवी भण्डारीले एक हप्ताभित्र सरकार गठनका लागि हिजो आह्वान गर्नुभएको छ ।

images
प्रकाशित मिति :पौष ४, २०७९ सोमवार - ०८:५९:५८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology