आँबुखैरेनी । तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं. ४ का वडाध्यक्ष मिलन भुजेलको विशेष पहलमा घ्याङसिङ गाउँका विपन्न परिवारलाई खाद्यान्न वितरण गरिएको छ । उनीहरुलाई आज गाउँमै एक कार्यक्रमको आयोजना गरि दाताकै उपस्थितिमा खाद्यान्न वितरण गरेको हो।

वडाध्यक्ष भुजेलले दिएको जानकारी अनुसार नेपाली काँगेसको भातृ संस्था नेपाल महिला संघ आँबुखैरेनी सभापति एन्जिला कोइराला र उनका श्रीमान् कोइराला मेडिकल हल आँबुखैरेनीका संचालक लक्ष्मीप्रसाद कोइरालाले घ्याङसिङ गाउँका ४० घर विपन्न परिवारलाई खाद्यान्न उपलब्ध गराएको हो।

वितरित खाद्यान्न सामाग्रीमा नुन, तेल, दाल, चिनी, चामल लगायतका सामाग्रीहरु रहेको वडाध्यक्ष भुजेलले बताए । साथै दाता कोइराला परिवारलाई विपभन्न परिवारको तर्फबाट तथा वडाको तर्फबाट उनले धन्यवाद समेत दिए।
