आँबुखैरेनी । तनहुँको आँबुखैरेनी गाउँपालिका उपाध्यक्ष दुर्गा अर्याल गण्डकी प्रदेश समन्वय समितिको सदस्यमा मनोनित भएको छ । उपाध्यक्ष अर्याललाई गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्री परिषद्को मंसिर २६ गतेको मन्त्रीपरिषद्को बैठकले समितिको सदस्यमा मनोनित गरेको हो।
प्रदेशको सेवा प्रवाह र विकाश प्रशासनलाई सुदृढ गर्ने उद्देश्यले प्रदेश तथा स्थानीय साशन सहयोग कार्यक्रम गर्न संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालय गण्डकी बीच ३ वर्ष अघि सम्झौता भए बमोजिम समन्वय समिति गठन गरिएको हो।