Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

मानव अधिकार

मानव अधिकार आयोगमा १३ हजारभन्दा बढी उजुरी 

मानव अधिकार आयोगमा १३ हजारभन्दा बढी उजुरी 

सिआईएन

२६, मंसिर २०७९
मानव अधिकार आयोगमा १३ हजारभन्दा बढी उजुरी 
images

काठमाण्डौ । राष्ट्रिय मानव अधिकार आयोगमा हालसम्म १३ हजारभन्दा बढी उजुरी दर्ता भएका छन् । आयोग स्थापना भएदेखि सन् २०२२ को जुनसम्म १३ हजार १ सय ८ उजुरी दर्ता भएका हुन् । दर्ता भएका उजुरीमध्ये ८ हजार ८ सय ३२ उजुरीको सुनुवाइ भएका छन् भने उजुरी मध्ये ४ हजार २ सय ७६ उजुरी सम्बोधन हुन सकेको छैन ।

images
images

सीआईएनसँगको कुराकानीमा राष्ट्रिय मानव अधिकार आयोगका संरक्षण विभाग प्रमुख दिपक कार्कीले सुनुवाइ नभएका उजुरीमध्ये ८० प्रतिशत उजुरी द्वन्द्वसँग सम्बन्धीत रहेको जानकारी दिनुभयो ।

द्वन्द्वसँग सम्बन्धीत उजुरी धेरै पुरानो भएकाले उजुरीकर्ता वा प्रभावित सम्पर्कमा नआउने, कतिपय उजुरीको प्रमाण समेत लोप भइसकेका कारण उजुरीको समाधान गर्न नसकिएको कार्कीको भनाइ छ ।

आयोगमा दर्ता भएका सबै उजुरीको फछ्र्यौट गर्न प्रमाण नपुगेका केही अपुरो उजुरीलाई तत्कालका लागि तामेलीमा राख्ने तयारी भइरहेको छ । तामेलीमा राखिएका उजुरीको प्रमाण फेला परेमा पुनः ब्युताउन सकिनेछ । 

images
प्रकाशित मिति :मंसिर २६, २०७९ सोमवार - १०:२२:३२ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology