Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

महिला

महिनावारीका समयमा अलग्गै बस्ने परम्परा तोडिँदै

महिनावारीका समयमा अलग्गै बस्ने परम्परा तोडिँदै

सिआईएन

२३, मंसिर २०७९
महिनावारीका समयमा अलग्गै बस्ने परम्परा तोडिँदै
images

सजना तिमल्सिना, काठमाडौँ । महिनावारीलाई धर्मसँग जोडेर हेर्ने चलन केही कम भए पनि नेपालका धेरै ठाउँमा महिनावारी बार्ने चलन कायमै छ । तर, महिलाको एक शारिरीक चक्र भएकाले महिनावारीलाई बार्ने नभइ उत्सवको रुपमा मनाउनेहरू पनि बढ्न थालेका छन् । अभियन्ता डा. नम्रता पाण्डेले आफू सानो हुँदा महिनावारीकै कारण धेरै दुःख पाएकाले पनि आफ्नी छोरी पहिलोपटक महिनावारी हुँदा उत्सवको रुपमा मनाएको बताउनुहुन्छ ।

images
images

सामान्यतया १२ देखि १५ वर्षको उमेरमा सुरू हुने महिनावारी चक्र लगभग २८ दिनको अन्तरमा दोहोरिन्छ । ४५ देखि ५५ वर्षको उमेरमा सुक्ने महिनावारी प्राकृतिक सरसफाइको प्रक्रिया र गर्भधारण गर्न योग्य भएको सङ्केत भएकाले दुखि हुनुको साटो खुशी हुनुपर्ने अभियन्ता राधा पौडेलको भनाइ छ ।

महिनावारीलाई पाप र धर्मसँग जोड्ने वर्षौँदेखिको सामाजिक अभ्यास छ । महिनावारी भएको ५ दिनसम्म कोही पनि पुरुषलाई छुन नहुने, महिनावारी भएकाले पकाएको खाना खान नहुने जस्ता गलत मान्यता कायमै छन् । तर, कुनै पनि धर्मशास्त्रमा महिनावारी पाप हो भनेर उल्लेख नभएको नेपाल पूरोहित सङ्घका उपाध्यक्ष देवीप्रसाद लम्सालले बताउनुभयो ।

सन् २०२० मा गरिएको एक अध्ययनले काठमाडौँ उपत्यकामा महिनावारी भएकामध्ये ८९ प्रतिशतले कुनै न कुनै प्रकारको प्रतिबन्ध खेप्नु परेको देखाएको थियो । तर, पछिल्लो समय महिनावारी पाप नभइ गर्वको विषय भएकाले महिनावारीका बेला बार्ने नभइ उत्सव मनाउनेहरू बढ्दै गएका छन् । यसले, महिनावारीबारेको गलत बुझाइ हटाउन सहयोग गरिरहेको छ ।

images
प्रकाशित मिति :मंसिर २३, २०७९ शुक्रवार - १०:२४:२४ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology