Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
२०८३, कार्तिक १६ गते
images

आँबुखैरेनी विशेष

आँबुखैरेनी गाउँपालिकाद्वारा सडक अतिक्रमण गरि बनाइएका घर टहरा हटाउन सुरु, ३ मिटर चौडा पारी पैदलमार्ग बनाउने 

आँबुखैरेनी गाउँपालिकाद्वारा सडक अतिक्रमण गरि बनाइएका घर टहरा हटाउन सुरु, ३ मिटर चौडा पारी पैदलमार्ग बनाउने 

images

इच्छाकामना न्युज

२२, मंसिर २०७९
आँबुखैरेनी गाउँपालिकाद्वारा सडक अतिक्रमण गरि बनाइएका घर टहरा हटाउन सुरु, ३ मिटर चौडा पारी पैदलमार्ग बनाउने 
images

तनहुँ । आँवुखरैनी गाउँपालिकाले सडकछेउमा रहेको नालाबाट तीन मिटर चौडा पैदल मार्ग बनाउने भएको छ । उक्त कार्यक्रम अन्तर्गत बुधबारदेखि गाउँपालिका चोकबाट चिसापानीसम्म अतिक्रमित भागहरु डोजर प्रयोग गरी खुला गरिएको आँवुखैरेनी गाउँपालिका अध्यक्ष शुक्र चुमानले बताए ।

नालाबाट तीन मिटरको पैदल मार्ग बनाउने उनले बताए । यो काम निरन्तर अघि बढ्छ, समयमै हटाउन यस अघि नै सूचना गरिएको छ, मापदण्ड अनुसार हटाउनुपर्ने सँरचनाहरु पालिका आफैले हटाउँदै जाने उनले बताए । यस क्षेत्रका जनताको हितका लागि आफू निर्वाचित भएको र जनता सामु गरेको प्रतिबद्धता अनुसार निरन्तर काम गर्दै जाने उनले बताए ।

आँवुखैरेनीमा सार्वजनिक जमिन समेत हडपेर घर बनाउने, पसल राख्ने गर्दा पैदल यात्रीहरु मुख्य सडकबाट जोखिम मोलेर हिँड्नुपर्ने बाध्यता रहँदै आएको छ ।

images
प्रकाशित मिति :मंसिर २२, २०७९ बिहिवार - ०९:११:१५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology