Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
२०८३, कार्तिक १६ गते
images

आँबुखैरेनी विशेष

आँबुखैरेनी ४ नं. वडाको आयोजनामा लैङ्गिक हिंसा विरुद्ध सचेतना कार्यक्रम सम्पन्न

आँबुखैरेनी ४ नं. वडाको आयोजनामा लैङ्गिक हिंसा विरुद्ध सचेतना कार्यक्रम सम्पन्न

images

इच्छाकामना न्युज

१९, मंसिर २०७९
आँबुखैरेनी ४ नं. वडाको आयोजनामा लैङ्गिक हिंसा विरुद्ध सचेतना कार्यक्रम सम्पन्न
images

बेनिटार । तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं. ४ को आयोजनामा लैङ्गिक हिंसा विरुद्ध सचेतना कार्यक्रम सम्पन्न भएको छ । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत वडा कार्यालयले आज चण्डेश्वरी आधारभुत विद्यालय आमडाडाँ बेसीमा सचेतना कार्यक्रम सम्पन्न गरेको हो।

318292706_868488554593348_3783786041656259907_n.jpg

सभ्य समाजको पहिचान, लैंङ्गिक हिंसा विरुद्धको अभियान भन्ने मूल नाराका साथ उक्त विद्यालयमा कार्यक्रमको आयोजना गरिएको थियो। आँबुखैरेनी गाउँपालिकाका उपाध्यक्ष दुर्गा अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको अध्यक्षता वडा नं. ४ का वडाध्यक्ष मिलन भुजेलले गरेका थिए भने ईलाका प्रहरी कार्यालय, आँबुखैरेनीका प्रहरी सहायक निरिक्षक सुरेन्द्र थापाको पनि उपस्थिती रहेको थियो। 

318003846_1545790132539377_4585700782552839284_n.jpg

कार्यक्रममा प्रशिक्षक अन्जना तिमिल्सिनाले सहजिकरण गरेका थिए भने चण्डश्वरी आधारभुत विद्यालयका विद्यार्थी, व्यवस्थापन समिति पदाधिकारी, शिक्षक, शिक्षिका, अभिभावक सहित ७४ जनाको उपस्थिति रहेको थियो।

318161210_669863881539391_5891869130873500149_n.jpg

318378824_592613559336462_2579215658671206757_n.jpg

318107475_877486486947488_4834027297934769706_n.jpg

317954690_1613005739114562_3754411140145637717_n.jpg

images
प्रकाशित मिति :मंसिर १९, २०७९ सोमवार - १९:५३:१५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology