Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

बेलायतमा १३ लाख सर्वसाधारणलाई कोरोना विरुद्धको खोप लगाइयो 

बेलायतमा १३ लाख सर्वसाधारणलाई कोरोना विरुद्धको खोप लगाइयो 

एजेन्सी

२२, पौष २०७७
बेलायतमा १३ लाख सर्वसाधारणलाई कोरोना विरुद्धको खोप लगाइयो 
images

काठमाण्डौं, २२ पौष । 
युरोपको सबैभन्दा बढी प्रभावित मुलुक बेलायतमा १३ लाख नागरिकलाई कोरोना विरुद्धको खोप लगाइएको छ । कोरोना विरुद्धको खोप प्रयोगका लागि आपतकालीन स्विकृति दिने विश्वकै पहिलो मुलुक बेलायतमा पछिल्लो समय कोरोना सङ्क्रमणको दर बढ्दै गएपछि त्यहाँका नागरिकलाई खोप लगाउन थालिएको हो ।
 अमेरिकी औषधि उत्पादक कम्पनी फाइजर र बायोएनटेकले विकास गरेको कोरोना विरुद्धको खोपका लागि बेलायतमा अनुमति दिएको एक महिनाको अवधिमा १३ लाख नागरिकलाई खोप लगाइएको हो । 
बेलायती प्रधानमन्त्री बोरिस जोनसोनले मुलुकमा कोरोनाको बढ्दो जोखिमलाई ध्यानमा राखि सुरु गरिएको खोप अभियान अन्तर्गत हालसम्म १३ लाख नागरिकलाई कोरोना विरुद्धको खोप दिइएको बताउनुभयो । यसैबीच, बेलायत प्रवेश गर्ने सबैले अब कोरोनाको नेगेटिभ रिपोर्ट अनिवार्य देखाउनुपर्ने भएको छ । प्रधानमन्त्री जोनसनले अर्को देशबाट बेलायत आउने सबै यात्रुले कोरोना नेगेटिभ रिपोर्ट देखाउनुपर्ने बताउनुभयो । 
उहाँले यसबारे विस्तृत जानकारी भने चाँडै नै दिइने पनि उल्लेख गर्नुभयो । उहाँले हालसम्म मुलुकमा १० लाखभन्दा बढी मानिस कोरोनाका कारण सङ्क्रमित भएको र अस्पतालमा भर्ना हुने बिरामीको संख्या पनि बढ्दै गएकाले जोखिम झन् बढ्न सक्ने भएकाले सबैलाई खोपको पहुँचमा पु¥याउनका लागि खोप अभियान सुरु गरिएको बताउनुभयो । बेलायतमा कोरोनाको बढ्दो जोखिमका कारण हिजोदेखि लागू हुने गरि देशव्यापी लकडाउन जारी गरिएको छ । 

images
images

images
प्रकाशित मिति :पौष २२, २०७७ बुधवार - ०९:२२:०८ बजे

एजेन्सी

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology