आँबुखैरेनी । तनहुँको आँबुखैरेनी गाउँपालिका ४ मा रहेको पुलजीप युवा क्लवको आयोजनामा पहिलो फुटसल प्रतियोगिता हुने भएको छ। क्लवले पहिलो पटक प्रथम पुलजिप फुटसल कप २०७९ खुला नकआउट पुरुष फाईभ ए साईट फुटसल प्रतियोगिता आयोजना हुने भएको हो।
प्रतियोगिता आगामी पुस १३ र १४ गते आयोजना हुने पुलजीप युवा क्लवका अध्यक्ष विजय गुरुङले जानकारी दिए। उनका अनुसार प्रतियोगितामा विजेता हुने क्लवले ५० हजार र उपविजेता क्लवले २५ हजार नगदका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ।
यस्तै प्रतियोगितामा उत्कृट खेलाडी, हाईस्कोरर र गोलकिपरले १ हजार ५ सय रुपैयाँ नगद र मायाको चिनोले सम्मान गर्नेछ।
प्रतियोगिताको लागि आँबुखैरेनी गाउँपालिकाले प्रायोजन गरेको छ भने मिडिया पार्टनरको रुपमा इच्छाकामना न्युज डटकम अनलाईन, सेतिमादी दैनिक पत्रिका र रेडियो मेरो साथी एफएम रहेका छन्।