आँबुखैरेनी । आज भैरहेको प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा तनहुँ क्षेत्र नं. १ प्रदेश सभा ‘ख’ मा गठबन्धनको साँझा उम्मेद्वार माओवादी केन्द्रका हरि चुमानले मतदान गरेका छन्।
उनले आँबुखैरेनी २ स्थित ढकालटारमा रहेको अन्नपूर्ण आधारभुत विद्यालय मतदान केन्द्रमा बिहान ८ बजेतिर मतदान गरेका हुन्।
मतदान पश्चात संक्षिप्त प्रतिक्रिया दिदै जनताले आफ्नो पक्षमा मतदान गर्नेमा ढुक्क रहेको उनले बताए।