चितवन । चितवनको निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य पदका लागि नेकपा एमालेका उमेदवार कृष्णभक्त पोखरेललाई घरदैलोका क्रममा सोमबार भव्य स्वागत गरिएको छ । चुनावी कार्यक्रमका क्रममा सोमबार घरदैलोमा हिडेको टोलीलाई भरतपुरको वडा नं. १० मा भव्य स्वागत गरिएको हो ।
स्वागत गर्दै स्थानीयले महिला मैत्री कानुन ल्याएर सुसान कायम गर्न पाखरेलले गरेको योगदानको चर्चा गरेका थिए । भरतपुर १० का सुनिता शर्माले भन्नुभयो दुइवटी श्रीमती ल्याउनेलाई कार्वाही गर्ने, बलात्कार गर्नेलाई जन्मकैदको कानुन जस्ता समाज सुधारका लागि उपयुक्त नियम ल्याउन भूमिका खेलेको भन्दै प्रशंसा गरे।
स्थानीय कलाधार गौतमले वृद्धहरुको लागि भत्ता दिएर अभिभावक वन्न सफल भएको भन्दै एमाले पार्टीलाई धन्यवाद दिए । उनले आउदा दिनमा पनि वृद्धहरुको सम्मानको लागि अझै कार्यक्रम ल्याउन नेता पोखरेललाई अनुरोध गरे । वृद्धभत्ता वृद्वि, वृद्धहरुलाई निःशुल्क उपचार, वुवाआमालाई हेला गर्ने सन्तानलाई जिम्मेवार वनाउन कानून निर्माण लगायतको व्यवस्था गर्न उनले अनुरोध गरे।
स्वागत गर्दै युवाहरुले वेरोजगारी समस्या समाधान गर्न एमाले पार्टीका नेताहरुलाई अनुरोध गरेका छन् । युवा लक्षित कार्यक्रम ल्याएर विदेश जानु पर्ने वाध्यता अन्त्य गराउन एमालेले सक्ने भन्दै उनले नेता पोखरेललाई अनुरोध गरे। घरदैलोका क्रममा नेता पोखरेलले एमालेलाई जिताए जनताको चाहना पूरा गर्न सकिने बताए ।
एमालेको नेतृत्वमा सरकार निर्माण भएमा २० वटा कार्यक्रम ग्यारेन्टी गर्ने दावी गरे । महिला, युवा, वृद्धवृद्धा, आर्थिक समृद्धि लगायतका वृहत कार्यक्रम ल्याएर देशलाई विकसित राष्ट्रको रुपमा अगाडि वढाउने दावी गरे। उनले ढुक्क भएर सुर्य चिन्हमा मतदान गर्न सवैलाई अनुरोध गरे ।
लहडका क्रममा उठ्ने नेताहरुबाट देश विकास सम्भव नहुने भन्दै इतिहास बोकेको संसदीय अनुभव भएको स्थानीय मतदाताको घरगाउका उमेदवारले मात्रै त्यहाको समस्या वुझ्ने भन्दै मतदान गर्न अनुरोध गरे । कार्यक्रममा हजारौको सहभागीता रहेको थियो ।