Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

राजनिति

चुच्चे नक्सा अनुसार हाम्रो भूमी फिर्ता ल्याउन एमालेले जित्नुपर्छ : कृष्णभक्त पोखरेल

चुच्चे नक्सा अनुसार हाम्रो भूमी फिर्ता ल्याउन एमालेले जित्नुपर्छ : कृष्णभक्त पोखरेल

images

इच्छाकामना न्युज

२८, कार्तिक २०७९
चुच्चे नक्सा अनुसार हाम्रो भूमी फिर्ता ल्याउन एमालेले जित्नुपर्छ : कृष्णभक्त पोखरेल
images

चितवन । क्षेत्र न २ का प्रतिनिधि सभा सदस्य उमेदवार एमालेका कृष्णभक्त पोखरेलले एमालेले हार्यो भने चुच्चे नक्सा कमजोर हुने बताएका छन् । आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा चुनाव लक्षित एमालेको विशाल सभामा बोल्दै उनले एमालेले जसरी पनि जित्नुपर्ने पोखरेलले बताए ।

चुनावमा एमालेले हार्यो भने राष्ट्रिय स्वाधीनता कमजोर हुने उनको भनाई छ। ‘चुच्चे नक्सा अनुसार हाम्रो भूमी फिर्ता ल्याउन पनि एमालेले जित्नुपर्छ। मुलुकलाइ समृद्धको दिशामा लैजान एमालेले जित्नुपर्छ,’ उनले भने ।

वृद्ध भत्ता ५ हजार पुर्याउन पनि एमालेले जित्नुपर्ने उनी बताउँछन्। ‘गठबन्धनले जिते कसलाइ प्रधानमन्त्री बनाउछ ? हाम्रो प्रधानमन्त्री त केपी ओली हो,’ उनले भने, ‘तपाईहरुको को हो ?’ मतदातालाई विवेक बन्धकमा नराख्न समेत उनले आग्रह गरेका छन् ।

images
प्रकाशित मिति :कार्तिक २८, २०७९ सोमवार - १९:४७:३४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology