Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

राजनिति

नेकपा एमाले अध्यक्ष केपी ओली आज चितवन आउँदै, चुनावी सभालाई सम्बोधन गर्ने

नेकपा एमाले अध्यक्ष केपी ओली आज चितवन आउँदै, चुनावी सभालाई सम्बोधन गर्ने

इच्छाकामना न्युज

२८, कार्तिक २०७९
नेकपा एमाले अध्यक्ष केपी ओली आज चितवन आउँदै, चुनावी सभालाई सम्बोधन गर्ने
images

चितवन । नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आज चितवन आउँदै छन् । एमाले चितवनले आयोजना गरेको चुनावी आम सभालाई सम्बोधन गर्न ओली चितवन आउन लागेका हुन् । गेस्ट हाउस चौरमा हुने चुनावी आम सभालाई एमाले उपाध्यक्ष एवम् पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले पनि सम्बोधन गर्ने कार्यक्रम छ ।

images
images

चुनावी सभामा जिल्लाभरबाट २५ हजार भन्दा बढी जनता सहभागी हुने एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेले जानकारी दिए । भरतपुरका तीन ठाउँमा जम्मा भएर कार्यक्रम स्थलको लागि र्‍याली निस्कने उनले बताए । उनका अनुसार केन्द्रिय बसपार्क चोक, मालपोत चोक र चौविसकोठीबाट र्‍याली निस्कने छ ।

एमाले अध्यक्ष ओली आज साढे ११ बजे कार्यक्रम स्थलमा आइपुग्ने उनले जानकारी दिए । आज नै अन्य जिल्लामा समेत कार्यक्रम तय भएकाले दिउँसो १ बजेसम्म ओलीले आफ्नो सम्बोधन सकिसक्ने छन् । आम सभालाई व्यवस्थित बनाउन नेकपा एमाले चितवन, निर्वाचन परिचालन कमिटी बनाएको छ ।

images
प्रकाशित मिति :कार्तिक २८, २०७९ सोमवार - ०८:५६:१७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology