Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

राजनिति

देशको समृद्धि र वेरोजागरी समस्या समाधान एमालेको सरकारले गर्छ : कृष्णभक्त पोखरेल

देशको समृद्धि र वेरोजागरी समस्या समाधान एमालेको सरकारले गर्छ : कृष्णभक्त पोखरेल

images

इच्छाकामना न्युज

२७, कार्तिक २०७९
देशको समृद्धि र वेरोजागरी समस्या समाधान एमालेको सरकारले गर्छ : कृष्णभक्त पोखरेल
images

चितवन । चितवन निर्वाचन क्षेत्र नं. २ प्रतिनिधिसभाका एमालेका उमेदवार कृष्णभक्त पोखरेलले देशको समृद्धि र वेरोजागरी समस्या समाधान एमालेको सरकारले मात्र गर्न सक्ने बताउनु भएको छ ।

चुनावी कार्यक्रम अन्तर्गत भरतपुर क्षेत्रमा घरदैलोका क्रममा उहाले वेरोजगारी समस्या समाधानका उपाए एमालेसंग मात्र रहेको जानकारी दिनुभयो । उहाले स्थानीय क्षेत्रको समस्या समाधान गर्न पालिका सरकारले गर्ने र राष्ट्रिय समस्या एमाले सरकारले गर्ने बताउनुभयो । यु्वालाई रोजगारी दिनको लागि युवा लक्षित कार्यक्रम ल्याएर वेरोजगारीको समस्या हल गर्ने बताउनुभयो ।

संविधान निर्माणपछि आवश्यक कानून निर्माण गरेर समाजलाई व्यवस्थित पार्ने काम गर्न सफल भएका छौ उहाले भन्नुभयो अब आर्थिक समृद्धि गरेर देश विकास गर्नेछौ । अव निर्वाचित भएपछि स्थानीय, प्रदेश देखि केन्द्रसम्मको समस्या समाधान गर्न आफू तयार भएको बताउनुभयो । भरतपुर महानगरपालिका क्षेत्रका स्थानीयको आवश्यकता र पहाडी क्षेत्रको आवश्यकता फरक भएकाले त्यहाँको चाहना अनुसार विकासका पूर्वाधार ल्याउन आफू सक्षम भएको बताउनुभयो ।

इच्छाकामना गाउपालिकाको आवश्यकता खानेपानी विजुली सडक छ भने भरतपुरको आवश्यकता ढल निकास रहेको छ । यहाँका युवालाई रोजगारी दिएर जीवन स्तर उकास्नु परेको छ । जिल्लाको आवश्यकता, जनताको चाहना यहीका स्थानीय उमेदवारले वुझ्ने भएकाले सोचबिचार गरेर मात्र मतदान गर्न अनुरोध गर्नुभयो ।

कार्यक्रममा वागमती प्रदेशसभा सदस्यका उमेदवार देवी ज्ञवालीले प्रदेशलाई नमुना बनाउने गरी आफू अगाडि वढेको बताउनुभयो । केन्द्र र प्रदेश सरकार एमालेको निर्माण गरेर आर्थिक छलाङ मार्ने गरी काम गर्न आफू सक्षम भएको बताउनुभयो ।

images
प्रकाशित मिति :कार्तिक २७, २०७९ आइतवार - १९:०१:३४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology