Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

मंसिर ४ पछि झुपडीबाट परिवर्तन सुरु हुन्छः विक्रम पाण्डे

मंसिर ४ पछि झुपडीबाट परिवर्तन सुरु हुन्छः विक्रम पाण्डे

images

इच्छाकामना न्युज

२७, कार्तिक २०७९
मंसिर ४ पछि झुपडीबाट परिवर्तन सुरु हुन्छः विक्रम पाण्डे
images

भरतपुर । राप्रपाका वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डेले मंसिर ४ पछि गरिबको झुपडीबाट परिवर्तन सुरू हुने बताउनुभएको छ। नियमित चुनावी घरदैलो अभियानका क्रममा भरतपुर–९ शरदपुरस्थिच झेर्नी मगर समूहले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै यसपटकको निर्वाचनपछि विपन्न र गरिब तथा सुकुमबासीको झुपडीबाट विकासको लहर बाहिर आउने बताउनुभएको हो।

यसअघिका धेरै निर्वाचनमा धेरै दल र नेताले ठूलाठूला कुरा गरेर काम नगरे पनि अबको निर्वाचनपछि भने आफूले झुपडीबाट विकास र परिवर्तनको बीउ रोप्ने बताउनुभएको हो। ‘विकास र परिवर्तन भन्ने कुरा अभाव र संकटपूर्ण स्थानबाट सुरु हुन्छ,’ उहाँले भन्नुभयो, ‘त्यसैले मंसिर ४ पछि जहाँ विकासले पाइला टेकेको छैन, त्यहीँबाट विकासको सुरुवात हुन्छ भने जहाँ सुकुमबासी छन्, जो झुपडीमा बसिरहनुभएको छ, त्यहीँबाट परिवर्तनको सुरुवात हुनेछ।’

विपन्नलाई माथि नउठाएसम्म दलहरुले तिनैमाथि राजनीति गरिरहने हुँदा त्यसको अन्त्यको लागि पनि सुकुमबासी समस्या समाधान गर्ने योजना लिएर यसपटकको निर्वाचनमा होमिएको उहाँले बताउनुभयो। यसअघिका कुनै पनि दल र उम्मेदवारले आफूले बोलेका कुरा पूरा गरिदिएको भए गएको पाँच वर्षमा नेपाल स्वर्ग बनिसक्नेसमेत उहाँले बताउनुभयो।

images
प्रकाशित मिति :कार्तिक २७, २०७९ आइतवार - १८:५३:१९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology