कुरिनटार । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार रवि लामिछानेको प्रचारमा हिडेका गाडी माथि इच्छाकामना गाउँपालिका ४ स्थित लेवाटारमा आक्रमण भएको छ । स्वतन्त्र पार्टीका स्थानीय कार्यकर्ता चढेको बा१४ च ७६८४ नम्बरको गाडीमा आज लेवाटारमा गठबन्धनका नेता तथा कार्यकर्ताले तोडफोड गरेका हुन् ।
तोडफोडबाट गाडीको अगाडिको सिसा फुटेको छ । गाडीभित्र मानिस रहेकै समयमा गाडी माथि नै चढेर तोडफोड गरिएको राष्ट्रिय स्वतन्त्र पार्टी चितवनले जानकारी दिएको छ भने घटनाको निन्दा गरेको छ।