Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

बालकलाई अप्राकृतिक मैथुन गरी हत्या गरेको आरोपमा एक जना पक्राउ 

बालकलाई अप्राकृतिक मैथुन गरी हत्या गरेको आरोपमा एक जना पक्राउ 

इच्छाकामना न्युज

१८, आश्विन २०७७
बालकलाई अप्राकृतिक मैथुन गरी हत्या गरेको आरोपमा एक जना पक्राउ 
images

धनुषा–बालकलाई अप्राकृतिक मैथुन गरी हत्या गरेको आरोमा एक जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवम् प्रहरी नायव उपरिक्षक मकेन्द्र मिश्रले दिनुभएको जानकारी अनुसार धनुषाधाम नगरपालिका ५ किसानपुरमा मृत फेला परेका ५ वर्षीय बालकलाई अप्राकृतिक मैथुन गरी हत्या गरिएको पाइएको हो । 
शुक्रबार किसानपुरका रामेश्वर सदाका ५ वर्षीय छोरा रुपेश सदाको कृषि इँटा उद्योग परिसरमा पात पतिङ्गरले छोपेको अवस्थामा शव फेला परेको थियो । अनुसन्धानका क्रममा प्रहरीले सबैला नगरपालिका ७ का २२ वर्षीय रामबहादुर सदालाई पक्राउ गरेको छ । उनीमाथि अनुसन्धान गर्दा हत्याको रहस्य खुलेको प्रहरीले जनाएको छ ।

images
images

पक्राउ परेका सदाले ति बालकलाई अप्राकृतिक मैथुन गरी हत्या गरेको प्रहरी समक्ष स्वीकार गरेका छन् । ति बालकलाई चकलेट र विस्कुटको प्रलोभन देखाएर बिहिवार नै नातामा भिनाजु पर्ने सदाले माछा मार्न इँटा उद्योगमा लगेका र त्यही अप्राकृतिक मैथुन गरी हत्या गरेको प्रहरीले जनाएको छ ।पक्राउ परेका सदामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । 

images
प्रकाशित मिति :आश्विन १८, २०७७ आइतवार - ०९:१८:५८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology