Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
२०८३, कार्तिक १६ गते
images

आँबुखैरेनी विशेष

तनहुँको आँबुखैरेनीमा पहिलो पटक लायन्स क्लवको डिष्ट्रिक क्याविनेट बैठक बस्ने, बैठकको सम्पूर्ण तयारी पूरा

तनहुँको आँबुखैरेनीमा पहिलो पटक लायन्स क्लवको डिष्ट्रिक क्याविनेट बैठक बस्ने, बैठकको सम्पूर्ण तयारी पूरा

images

इच्छाकामना न्युज

२४, कार्तिक २०७९
तनहुँको आँबुखैरेनीमा पहिलो पटक लायन्स क्लवको डिष्ट्रिक क्याविनेट बैठक बस्ने, बैठकको सम्पूर्ण तयारी पूरा
images

आँबुखैरेनी । तनहुँको आँबुखैरेनी गाउँपालिकामा पहिलो पटक लायन्स क्लवको डिष्ट्रिक क्याविनेट बैठक बस्ने भएको छ । क्लवको बैठक व्यवस्थापनको जिम्मेवारी सम्हालिरहेको मूल आयोजक समितिले आज आँबुखैरेनीमा पत्रकार सम्मेलनको आयोजना गरि लायन्स क्लवको आँबुखैरेनीको २५ वर्षे इतिहासमा पहिलो पटक लायन्स क्लव डिष्ट्रिक्ट ३२५ एल को दोस्रो क्याविनेट बैठक आँबुखैरेनीमा बस्न लागेको जानकारी दिएको हो।

क्लवको बैठक २५ र २६ गते दुई दिनसम्म चल्ने टिम लिडर एवं कार्यक्रम संयोजक सुरेन्द्रकुमार श्रेष्ठले पत्रकार सम्मेलनमा जानकारी दिए। संयोजक श्रेष्ठका अनुसार बैठकमा डिष्ट्रिक्ट ३२५ एलमा आवद्ध देशभरका १०५ वटा लायन्स क्लवका करिब ६ सय जना सदस्यहरु सहभागी हुनेछन्।

बैठकको पहिलो दिन कार्तिक २५ गते माई छिम्केश्वरी पार्टी प्यालेसमा क्याविनेट बैठक बस्नेछ भने दोस्रो दिन कार्तिक २६ गते फ्युचर स्टार बोर्डिङ स्कुलको प्राङ्गणमा भव्य कार्यक्रम गरी समापन गरिनेछ। सोहि दिन बृहत रक्तदान कार्यक्रम समेत गरिनेछ।

दोस्रो दिनको कार्यक्रममा आँबुखैरेनी बजारमा प्रभातफेरी गर्दै झाँकी सहितको ¥याली समेत गरिने आयोजकले जानकारी दिएको छ, जसमा आँबुखैरेनीको शिवालय मन्दिर परिसरबाट ¥याली सुरु गरि आँबुखैरेनी बजार चोक, प्रगतीटोल हुदै कार्यक्रम स्थलसम्म पुगेर टुङ्गिनेछ।

¥यालीमा झिँगु नेवा खलः को धिमे वाजा तथा कुमारी यात्रा, ढकालटारको महिला समूहको पञ्चेबाजा, विभिन्न ३ समूहको चुड्का (कौडा) नृत्य लगायत कार्यक्रममा सहभागी लायन्स क्लवका मेम्बरहरुको प्रदर्शनी रहने आयोजक व्यवस्थापन समितिका सेक्रेटरी एवं क्लवका जोन चेयरपर्सन बाबुराम श्रेष्ठले बताए। कार्यक्रमको अन्तिम दिन आँबुखैरेनीको पर्यटकीय स्थलहरुको जानकारी सहितको वृत्तचित्र समेत प्रस्तुत गरिने उनले बताए।

यस्तै पत्रकार सम्मेलनमा बोल्दै आँबुखैरेनीमा लायन्स क्लव स्थापना भएको करिब २५ वर्षको इतिहासमा पहिलो पटक लायन्स क्लवको क्याविनेट बैठक आयोजना हुन गैरहदा आँबुखैरेनीको पर्यटनमा राम्रो टेवा पुग्ने अपेक्षा लिएको लायन्स क्लव आँबुखैरेनी सिटीका पूर्व अध्यक्ष एवं टिम को लिडर शिव खनालले बताए। साथै उनले आँबुखैरेनीलाई पर्यटन मार्फत चिनाउने यो राम्रो अवसर भएको पनि बताए।

पत्रकार सम्मेलनमा मूल आयोजक समितिका सह–संयोजक एवं रिजन चेयर पर्सन तुलसी पौडेल खनाल र डिष्ट्रिक चेयरपर्सन ऋषि केसीले समेत कार्यक्रमको रुपरेखा र महत्वबारे जानकारी दिएका थिए।

बैठक लायन्स क्लव डिष्ट्रिक्ट ३२५ एल को डिष्ट्रिक गभर्नर लायन मणिश्रीरत्न बज्राचार्यको अध्यक्षतामा सम्पन्न हुनेछ भने समापन समारोहको औपचारिक कार्यक्रमको प्रमुख अतिथि आँबुखैरेनी गाउँपालिका अध्यक्ष शुक्र चुमान रहनेछ। 

 

images
प्रकाशित मिति :कार्तिक २४, २०७९ बिहिवार - २२:१५:२९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology