अमेरिकामा २ करोड ६ लाखभन्दा बढीमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १लाख ६६ हजार ४४ जनामा सङ्क्रमण पुष्टि भएको छ । यसअघि गत शनिबार २७ मंसिरमा एकैदिन अहिलेसम्मकै धेरै ३ लाख ८६ हजार ६५४ जनामा सङ्क्रमण भएको थियो ।
पछिल्लो वृद्धिसँगै अमेरिकामा सङ्क्रमितको संख्या २ करोड ६ लाख १७ हजार ३४६ पुगेको छ । सङ्क्रमितमध्ये अहिलेसम्म १ करोड २१ लाख७५ हजार ८४१ जना सङ्क्रमणमुक्त भएका छन् । उपचार गराइरहेका ८० लाख ८५ हजार ६० जनामध्ये २९ हजार ४०५ जनाको अवस्था गम्भीर रहेको वल्र्डमिटर्सले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा त्यहाँ २ हजार १२९ कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।