Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

चितवनमा एमालेले २८ गते र गठबन्धनले २६ चुनावी सभा गर्दै, शिर्ष नेताले सम्बोधन गर्ने

चितवनमा एमालेले २८ गते र गठबन्धनले २६ चुनावी सभा गर्दै, शिर्ष नेताले सम्बोधन गर्ने

images

इच्छाकामना न्युज

२४, कार्तिक २०७९
चितवनमा एमालेले २८ गते र गठबन्धनले २६ चुनावी सभा गर्दै, शिर्ष नेताले सम्बोधन गर्ने
images

चितवन । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन हुन अब १० दिन मात्र बाँकी छ । निर्वाचन नजिकिँदै गर्दा दलहरुले प्रचारप्रसारलाई तीव्रता दिएका छन् । शिर्ष नेताहरु देश दौडामा छन् । देश दौडाहाका क्रममा नेकपा एमाले र सत्ता गठबन्धनका शिर्ष नेताहरु चितवन आउँदै छन् ।

एमाले र गठबन्धनले चितवनमा आयोजना गर्न लागेको चुनावी सभालाई सम्बोधन गर्न शिर्ष नेता यहाँ आउने भएका हुन् । गठबन्धनले कात्तिक २६ गते चुनावी सभा गर्न लागेको नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले जानकारी दिए ।

गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्न प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकिकृत समाजवादी)का अध्यक्ष माधव नेपाललगायतका नेता चितवन आउने भएका छन् ।

एमालेले कात्तिक २८ गते चुनावी सभाको आयोजना गर्दै छ । चुनावी सभालाई सम्बोधन गर्न एमाले अध्यक्ष केपी शर्मा ओलीलगायत पार्टीका शिर्ष नेता आउने एमाले चितवनले जानकारी दिएको छ । हरेक निर्वाचनमा जस्तै यस पटक पनि चितवन राष्ट्रिय चर्चामा देखिन्छ ।

images
प्रकाशित मिति :कार्तिक २४, २०७९ बिहिवार - ०९:५५:५० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology