Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

इच्छाकामना विशेष

मुग्लिनमा आज गार्डेनमार्ट म्युजिकल इभिनिङ कार्यक्रम हुदै, गायक कमल खत्री र गायीका रचना रिमाल सहितको कलाकार आउने

मुग्लिनमा आज गार्डेनमार्ट म्युजिकल इभिनिङ कार्यक्रम हुदै, गायक कमल खत्री र गायीका रचना रिमाल सहितको कलाकार आउने

इच्छाकामना न्युज

२४, कार्तिक २०७९
मुग्लिनमा आज गार्डेनमार्ट म्युजिकल इभिनिङ कार्यक्रम हुदै, गायक कमल खत्री र गायीका रचना रिमाल सहितको कलाकार आउने
images

मुग्लिन । चितवनको इच्छाकामना गाउँपालिका ५ मुग्लिन बजारमा सञ्चालनमा आउन लागेको गार्डेनमार्ट डिपार्टमेन्टको प्रचारप्रसारका लागि ‘गार्डेनमार्ट म्युजिकल इभिनिङ कार्यक्रम’ आयोजना हुने भएको छ । शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडद्वारा संचालित गार्डेनमार्ट डिपार्टमेन्टको शुभारम्भको अवसरमा संस्थाले आज बिहिबार ‘गार्डेनमार्ट म्युजिकल इभिनिङ कार्यक्रम’को आयोजना गर्न लागेको हो।

images
images

कार्यक्रममा सांगेतिक प्रस्तुतिका लागि चर्चित गायक कमल खत्री, चर्चित गायीका रचना रिमाल, मेलिना मैनाली, अनित विष्ट, रुविशा श्रेष्ठ लगायतको कलाकार टोली आउने आयोजक शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका मुग्लिन शाखा प्रबन्धक राजेवर गौतमले जानकारी दिएका छन्। संस्थाले सञ्चालनमा ल्याउन लागेको गार्डेनमार्ट डिपार्टमेन्टको यहि कार्तिक २६ गते समुद्घाटन हुनेछ । सोहि अवसरको जानकारी दिनका लागि पूर्वसन्ध्यामा सांगेतिक कार्यक्रम गर्न लागिएको शाखा प्रबन्धक गौतमले बताए।

खाद्यान्न, लत्ताकपडा, इलेक्ट्रोनिक्स लगायत सबै सामाग्री एकै ठाउँमा पाईने गरी संस्थाले डिपार्टमेन्ट सञ्चालनमा ल्याउन लागेको हो भने शुभारम्भको अवसरमा सामान खरिदमा २ देखि ३५ प्रतिशतसम्म छुट दिइएको छ।

images
प्रकाशित मिति :कार्तिक २४, २०७९ बिहिवार - ०९:२६:२६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology