Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

राजनिति

स्थानीयको दुःख बुझेकाले मात्र विकास गर्न सक्छन् : एमाले उम्मेद्वार कृष्णभक्त पोखरेल

स्थानीयको दुःख बुझेकाले मात्र विकास गर्न सक्छन् : एमाले उम्मेद्वार कृष्णभक्त पोखरेल

images

इच्छाकामना न्युज

२३, कार्तिक २०७९
स्थानीयको दुःख बुझेकाले मात्र विकास गर्न सक्छन् : एमाले उम्मेद्वार कृष्णभक्त पोखरेल
images

चितवन । नेकपा एमालेका नेता तथा चितवनको क्षेत्र नम्वर २ का प्रतिनिधिसभाका उमेदवार कृष्णभक्त पोखरेलले स्थानीयको दुःख सुखमा साथ दिएका नेताले मात्र यहाँको विकास गर्न सक्ने बताउनु भएको छ ।

घरदैलो कार्यक्रममा आज विहान भरतपुर महानगरपालिका वडा नं. १२ मा सम्वोधन गर्दै चितवनको माटोले चिनेका व्यक्तिलाई मात्र मतदान गर्न आग्रह गर्नुभयो । संविधान, कानुन निर्माणको भूमिका आफूले निर्वाह गरेकाले अव आर्थिक समृद्धिको लागि काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । 

चितवनको पहाडी क्षेत्रमा बाटो, खानेपानी, विजुलीको क्षेत्रमा राम्रो विकास गरेको उहाले जानकारी गराउनुभयो । अब भरतपुरका सहरी क्षेत्रमा ढल निकास, आवश्यक पार्क, स्थानीयको आर्थिक समृद्धिलगायतको क्षेत्रमा काम गर्ने बताउनुभयो ।

घरदैलोका क्रममा प्रदेशसभा सदस्यका उमेदवार देवी ज्ञवालीले प्रदेशको नेतृत्व गर्ने गरी आफू अगाडि वढेकाले मतदान गरेर सहयोग गरिदिन अनुरोध गर्नुभयो । वागमती प्रदेशकै आर्थिक समृद्धिको लागि आफ्नो वृहत योजना रहेको जानकारी गरउानुभयो ।

images
प्रकाशित मिति :कार्तिक २३, २०७९ बुधवार - २२:०९:५५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology