Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

दुर्घटना

प्युठानमा जिप दुर्घटना : ३ जनाको घटनास्थलमै मृत्यु

प्युठानमा जिप दुर्घटना : ३ जनाको घटनास्थलमै मृत्यु

इच्छाकामना न्युज

२३, कार्तिक २०७९
प्युठानमा जिप दुर्घटना : ३ जनाको घटनास्थलमै मृत्यु
images

काठमाडौं । प्यूठानमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। प्यूठान नगरपालिका–५ खैराबाट पूर्णगाउँतर्फ जाँदै गरेको लु १ ज ३७०७ नम्बरको जिप दुर्घटना हुँदा घटनास्थलमै ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी सुशील थापा मगरले जानकारी दिए।

images
images

दुर्घटनामा ४६ वर्षीय खुमन थापा, ४३ वर्षीया बच्ची थापा जुनकी र ५२ वर्षीया मैमा घर्तीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी सुशील थापा मगरले जानकारी दिए।

दुर्घटनामा १२ जना घाइते भएका छन्। घाइते हुनेहरूमा प्यूठान नगरपालिका–५ पूर्णगाउँका ३४ वर्षीया कीजगमाया महरा, ५० वर्षीया किगदी घर्ती, ५० वर्षीया डिलाराम घर्ती, ३१ वर्षीया बिरीकुमारी महरा, ४७ वर्षीया गोरी खत्री, ५२ वर्षीया फागुनीखत्री र २५ वर्षीय श्रीमायामहरा रहेका छन् ।

त्यस्तै, ५८ वर्षीय रामे रोका, ३७ वर्षीय निमलाल घर्ती मगर, १८ वर्षीया कुमारी महरा, ४३ वर्षीया किनखी महरा र ३४ वर्षीया किनिमा खत्री छन्। जिप मंगलबार मध्यरात १२ बजेतिर दुर्घटनामा परेको प्रहरीको भनाइ छ। दुर्घटनामा परी मुत्यु हुने सबै पातलकटेरी र घाइते सबै पूर्णगाउँका हुन्। परिचालकलाई प्रहरीले पक्राउ गरेको छ भने चालक भने फरार रहेका छन्।

images
प्रकाशित मिति :कार्तिक २३, २०७९ बुधवार - ०९:११:३३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology