Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

आँबुखैरेनी विशेष

आँबुखैरेनीको छिम्केश्वरी पर्यटन मार्गमा तीन तहका सरकारको लगानी

आँबुखैरेनीको छिम्केश्वरी पर्यटन मार्गमा तीन तहका सरकारको लगानी

images

रासस

२२, कार्तिक २०७९
आँबुखैरेनीको छिम्केश्वरी पर्यटन मार्गमा तीन तहका सरकारको लगानी
images

आँबुखैरेनी । तनहुँकोआँबुखैरेनी गाउँपालिका ५ मा पर्ने छिम्केश्वरी पर्यटन मार्ग कालोपत्र गर्नका लागि तीन तहकै सरकारले लगानी गरेका छन् ।

गण्डकी प्रदेशको ४७ करोड, सङ्घीय सरकारको समपुरक छ करोड र आँबुखैरेनी गाउँपालिकाको एक करोड गरी रु ५४ करोड लगानी हुने गाउँपालिका अध्यक्ष शुक्र चुमानले जानकारी दिनुभयो ।

समुद्री सतहबाट दुई हजार एक सय ३४ मिटर उचाइमा रहेको धार्मिक पर्यटकीयस्थल छिम्केश्वरी मन्दिर जाने मार्ग कालोपत्र गर्न लागिएको हो । सडक कालोपत्रेको ठेक्का शर्मा काष्ठमण्डप निर्माण सेवा पाएको छ ।

छिम्केश्वरी मन्दिर धार्मिक आस्थाको केन्द्र रहनुका साथै त्यहाँबाट देखिने प्राकृतिक दृश्य हेर्न पर्यटक आउने गरेका छन् । यहाँबाट हिमशृङ्खला, हरियाली डाँडाकाँडा तथा समथर फाँट सजिलै देख्न सकिन्छ । जिल्लाको आँबु, भाँगे, छिम्केश्वरी, हिलेखर्क, बाहुन भञ्ज्याङ, छिम्केश्वरी सडक पर्यटक मार्गको नामले परिचित हुँदै आएको अध्यक्ष चुमानले बताउनुभयो ।

आँबुखैरेनी–३ गाउँपालिका चोकदेखि छिम्केश्वरी डाँडासम्म करिब १६ किलोमिटरमध्ये रु ५० लाखको लागतमा तीन किमी सडक स्तरोन्नती गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिनुभयो । दुई वर्षअघि निर्माण सम्पन्न भइसक्नुपर्ने भए पनि कोरोना महामारीका कारण ढिलाइ भएको थियो ।

images
प्रकाशित मिति :कार्तिक २२, २०७९ मंगलवार - १९:२८:३७ बजे
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology