Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
२०८३, कार्तिक १६ गते
images

आँबुखैरेनी विशेष

बदर मत कम गर्न आँबुखैरेनीमा नमुना मतदान 

बदर मत कम गर्न आँबुखैरेनीमा नमुना मतदान 

images

इच्छाकामना न्युज

२१, कार्तिक २०७९
बदर मत कम गर्न आँबुखैरेनीमा नमुना मतदान 
images

आँबुखैरेनी । तनहुँको आँबुखैरेनीमा बदर मत कम गर्ने उद्देश्यले आज नमुना मतदान कार्यक्रम गरिएको छ । जिल्ला निर्वाचन कार्यालय तनहुँको आयोजना र आँबुखैरेनी गाउँपालिकाको व्यवस्थापनमा आगामी मंसिर ४ गते हुने संघ तथा प्रदेश सभा निर्वाचनमा बदर मत कम गर्ने उद्देश्यले गाउँपालिका परिसरमा नमुना मतदान गरिएको हो । 

नमुना मतदानमा महिला, पुरुष, अशक्त र वृद्धवृद्धाको लाइन मिलाउने, मतदान अधिकृतको हस्ताक्षर रुजु गर्ने, गोप्य स्थानमा पुगी उम्मेदवारको चुनाव चिह्नमा मतदान गर्न र मत बदर नहुने गरी मतपत्र पट्याउन पनि सिकाइएको थियो । 

स्थानीय चुनाव र अहिलेको मतपत्र फरक भएको र बदर मत कम गर्ने उद्देश्यले नमुना मतदान कार्यक्रम गरिएको नमुना निर्वाचन अधिकृत नारायण प्रसाद ढकालले जानकारी दिएको छ ।

images
प्रकाशित मिति :कार्तिक २१, २०७९ सोमवार - २१:११:३४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology