टि–ट्वान्टी विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले नेदरल्याण्डलाई १५९ रनको चुनौती दिएको छ । टस जितेर दक्षिण अफ्रिकाले फिल्डिङ रोजेपछि ब्याटिङ् गरेको नेदरल्याण्डले ४ विकेटको क्षतिमा १५८ रन बनायो ।
अहिले जवाफी ब्याटिङ गरिरहेको दक्षिण अफ्रिकाले यो खबर तयार पार्दासम्म १३ ओभरको खेल सकिँदा ४ विकेटको क्षतिमा ९१ रन बनाएको छ । आजै बङ्गलादेश र पाकिस्तान बिहान पौने १० बजे खेल्दा भारत र जिम्बाबे बीचको खेल दिउँसो पौने २ बजे सुरु हुनेछ ।