इजिप्ट । जलवायुसम्बन्धी सम्मेलनको २७ औँ संस्करण आजदेखि इजिप्टमा सुरु हुँदैछ । कोप–२७इजिप्टको सार्म एल–शेख सहरमा हुन लागेको हो ।
यो सम्मेलनमा पक्ष राष्ट्रहरूले जलवायु परिवर्तनको विश्वव्यापी चुनौतीलाई प्रभावकारी रूपमा सामना गर्ने विषयमा केन्द्रित रहने संयुक्त राष्ट्र सङ्घीय वातावरण कार्यक्रमले जनाएको छ ।
आउँदो मङ्सिर २ गतेसम्म चल्ने सम्मेलनमा जलवायु परिवर्तनले निम्त्याएको विश्वव्यापी नोक्सानीका विषय मुख्य कार्यसूचीमा रहेको छ । सम्मेलनले जलवायु परिवर्तन, मरुभूमीकरण र पानीको अभावले बढ्दै गएको खाद्य सुरक्षा सङ्कटलगायतका विषय प्राथमिकताका साथ उठाउने छ ।