Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
२०८३, कार्तिक १६ गते
images

आँबुखैरेनी विशेष

आँबुखैरेनीको ऑधीमूलमा सेना र स्थानीयको सरसफाई

आँबुखैरेनीको ऑधीमूलमा सेना र स्थानीयको सरसफाई

images

इच्छाकामना न्युज

१९, कार्तिक २०७९
आँबुखैरेनीको ऑधीमूलमा सेना र स्थानीयको सरसफाई
images

आँबुखैरेनी । आँबुखैरेनी गाउँपालिका-१ मा रहेको धार्मिक स्थल ऑधीमूल मन्दिर परिसरमा सरसफाई गरिएको छ । हरिबोधनी एकादशीको दिन मेला भर्न आएका भक्तजन र दर्शकहरुले प्रयोग गरेका फूल, टपरी प्रयोग सकिएको पूजा सामग्री, प्लाष्टिकजन्य, सिसाजन्य लगाएत फोहोरलाई सरसफाई गरी चिटिक्क पारिएको छ ।

गाउँपालिकाकी उपाध्यक्ष दुर्गा अर्याल, वडा नं.१ का वडाध्यक्ष प्रेमबहादुर गुरुङ, नेपाली सेनाको रुरु भैरव दल गण भानु भन्सारका गणपति प्रमुख सेनानी हिमाचल जंग शाहको नेतृत्वको ६८ जनाको टोली, वडा सदस्य कुमार मगर, ऑधीमूल मन्दिर संरक्षण तथा व्यवस्थापन समितिका अध्यक्ष रमेश थापा मगर लगायत स्थानीयको सहभागितामा सरसफाई गरिएको हो ।

मन्दिरमा शुक्रबार हरिबोधनी एकादशी पर्वको दिन नौ वटा फूलको डोली तारिएको थियो । मनले चिताएको पूरा गर्ने देवीको रुपमा मानिदै आइएको आँधीबाराही देवीको मन्दिरमा जिल्लाका विभिन्न स्थानबाट बाजागाजा सहित ल्याइएको फूलको डोली तारिएको हो । खबरपुञ्जबाट

images
प्रकाशित मिति :कार्तिक १९, २०७९ शनिवार - २१:०८:१८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology