आँबुखैरेनी । नेकपा माओवादी केन्द्र निकट शिक्षकहरुको संगठन एकीकृत अखिल नेपाल शिक्षक संगठन आँबुखैरेनीको अध्यक्षमा सुरेन्द्र बोगटी सर्वसम्मत चयन भएका छन् । मित्रता माध्यमिक विद्यालय सत्रसयमा आज भएको संगठनको दोस्रो भेलाबाट बोगटी दोस्रो कार्यकालका लागि अध्यक्षमा चयन भएका हुन् ।
समितिको वरिष्ठ उपाध्यक्षमा लक्ष्मण सिँखडा, उपाध्यक्ष लिलाधर ज्ञवाली, महिला उपाध्यक्ष पम्फा कोइराला, सचिव सुर्यमान सिँह गुरुङ, कोषाध्यक्ष अञ्जली चुमान, सदस्यहरु ध्रुवराज अधिकारी, शान्ती त्रिपाठी, सुनटिका परियार, सुक बहादुर गुरुङ, दिल बहादुर मगर, सरला बस्नेत, अवधेश महतो, विपना थापा, मेनुका घले, लिल बहादुर मगर, बृन्ध कोइराला, गीता पाण्डे अर्याल, रमेश वाग्ले, टिकामाया सुनारी रहेका छन् ।
अधिवेशनलाइ आँबुखैरेनी गाउँपालिका अध्यक्ष शुक्र चुमानले सम्बोधन गरेका थिए । शिक्षाको विकासका लागि शिक्षकहरु एक भइ अघि बढ्नुपर्ने उनले बताए । आँवुखैरेनीको शिक्षा विकासका लागि ऐन तथा कानुनहरु निर्माणको प्रक्रियामा रहेको उनले बताए ।
वडा नम्बर १ का वडा अध्यक्ष प्रेम बहादुर गुरुङले शिक्षक भनेको समाजको ऐना रहेको बताए । नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य पारस गौलीले शिक्षाको विकासबाट मात्रै समाजको परिवर्तन सकिने बताए ।
नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सल्लाहाकार इश्वर गौलीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा एकीकृत अखिल नेपाल शिक्षक सँङ्ठनका केन्द्रीय सदस्य विन्दुकुमार श्रेष्ठ, ऋषिराम ढकाल, बुद्धिजीवी युवराज वगाले लगायतले शिक्षाको परिवर्तनका लागि गर्नुपर्ने कामहरुको बारेमा प्रशिक्षण प्रदान गरेका थिए ।
सँगठनका अध्यक्ष सुरेन्द्र बोगटीको अध्यक्षतामा भएको कार्यक्रम सँगठनका सचिव लक्ष्मण बगालेले सञ्चालन गरेका थिए । कार्यक्रममा पालिका भित्र रहेका एकीकृत अखिल नेपाल शिक्षक सँगठनका एकसय जना भन्दा बढीको सहभागिता रहेको थियो ।