Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
२०८३, कार्तिक १८ गते
images

दुर्घटना

काठमाडौंबाट रूकुम जादै गरेको बस हुग्दिखोलाबाट त्रिशुलीमा खस्यो, १९ जना घाईते

काठमाडौंबाट रूकुम जादै गरेको बस हुग्दिखोलाबाट त्रिशुलीमा खस्यो, १९ जना घाईते

images

इच्छाकामना न्युज

१९, कार्तिक २०७९
काठमाडौंबाट रूकुम जादै गरेको बस हुग्दिखोलाबाट त्रिशुलीमा खस्यो, १९ जना घाईते
images

धादिङ । काठमाडौंबाट रूकुम आउँदै गरेको बस त्रिशुलीमा खसेको छ।

शनिबार बेलुका ६.१५ बजे धादिङको बेनिघाट रोराङ गाउँपालिका-१० हुग्दिखोलास्थित त्रिशुली किनारमा बस खसेको जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी श्यामबहादुर खत्रीले जानकारी दिए।

बा ४ ख ५७९० नम्बरको बस २०० मिटर तल खसेको खत्रीले बताए।

दुर्घटना हुँदा चालकसहित १९ जना घाइते छन्। उनीहरूको उपचारका लागि स्थानीय मेडिकल पठाएको छ।

बस त्रिशुली किनारमै रहेको प्रहरीले जनाएको छ। घटनास्थलमा इलाका प्रहरी कार्यालय गजुरीबाट डिएसपीको कमान्डमा प्रहरीको टोली खटिएको छ।

घाइतेहरूको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

images
प्रकाशित मिति :कार्तिक १९, २०७९ शनिवार - २०:३५:३९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology