Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

इच्छाकामना विशेष

इच्छाकामना गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङलाई पूर्व कार्यरत विद्यालयबाट विदाई र सम्मान

इच्छाकामना गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङलाई पूर्व कार्यरत विद्यालयबाट विदाई र सम्मान

images

इच्छाकामना न्युज

१८, कार्तिक २०७९
इच्छाकामना गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङलाई पूर्व कार्यरत विद्यालयबाट विदाई र सम्मान
images

जलविरे । चितवनको इच्छाकामना गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङलाई वडा नं. ६ मा रहेको राष्टिय आधारभुत विद्यालय पैरेनीले विदाई तथा सम्मान गरेको छ । गुरुङले करिब २६ वर्ष शिक्षण गरेको उक्त विद्यालयले आज एक कार्यक्रमको आयोजना गरि विद्यालयका पूर्व प्रध्यानाध्यापक गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष दान बहादुर गुरुङलाई विदाइ गरेको हो।

IMG_5977.jpg

वैशाखमा सम्पन्न दोस्रो स्थानीय तह निर्वाचनमा अध्यक्षमा निर्वाचित भएका गुरुङले २०५२ सालदेखि वडा नं. ६ मा रहेको राष्टिय आधारभुत विद्यालय पैरेनीमा प्रध्यानाध्यापक रही पठन पाठन गरिरहेका थिए। उनले पेन्शन निस्कन ४ वर्ष बाँकी छदै गत फागुनमा राजिनामा दिई दोस्रो स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट अध्यक्ष पदमा उम्मेद्वारी दिएर लडेका थिए।

dan.jpg

सोही निर्वाचनमा गाउँपालिका अध्यक्षमा निर्वाचित भएको करिब ६ महिना पछि विद्यालयले एक कार्यक्रमको आयोजना गरि विद्यालयको तर्फबाट बधाई तथा सम्मान गरिनुका साथै उनको विदाई गरिएको विद्यालयका प्रध्यानाध्यापक देव कुमार गुरुङले जानकारी दिए।

IMG_5945.jpg

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरज लम्सालको सभापतित्वमा सम्पन्न कार्यक्रममा विद्यालयका संस्थापक अध्यक्ष रमेश कुमार गुरुङले कार्यक्रमका प्रमुख अतिथि समेत रहेका गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

maya silwal.jpg

कार्यक्रममा विशिष्ट अतिथिको रुपमा इच्छाकामना गाउँपालिका उपाध्यक्ष माया सिलवाल, अतिथिको रुपमा वडा नं. ६ का वडाध्यक्ष लक्ष्मण चेपाङ, वडासदस्य पार्वती गुरुङ लगायतको उपस्थिति रहेको थियो।

laxman chepang.jpg

IMG_5966.jpg

images
प्रकाशित मिति :कार्तिक १८, २०७९ शुक्रवार - २०:४७:३२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology